जान्नुहोस : आगोले पोल्यो भने नगर्नुस यी काम ।
यदि शरीरको कुनै पनि भाग आगोले पोल्यो वा जल्यो भने तपाईले यसको लागि गरिने घरेलू उपचार घरमै बसेर प्रयोग गर्न सक्नु हुनेछ । के तपाईलाई थाहा छ, कि पोल्ने बित्तिकै कस्तो सावधानी अपनाउनु पर्दछ ? यसको कारणले समस्या अझ कष्ठदायक एवम् घाउ बढ्ने आशंका हुन्छ । यसकारण पोल्ने बित्तिकै गर्न नहुने यी ६ काम यस्ता छन् ।
१-अधिकांश मानिसले त्वचा पोल्ने बित्तिकै यसको दुखाईबाट बँच्नको लागि बरफको साहारा लिने गर्दछन् । यो कुरा साँचो हो, बरफको प्रयोगले दुखाई कम हुन्छ । तरपनि बरफको प्रयोगले त्यस स्थानमा रगत जम्न सक्छ, जसको कारण रक्तसंचार प्रभावित हुनसक्छ । यसकारण बरफको प्रयोग गर्नबाट बँच्नुहोस् ।
२-कुनै पनि समयमा पोलेको स्थानमा कपासको प्रयोग भुलेर पनि गर्नुहुँदैन । यो त्वचामा टासिन सक्छ, जसले तपाईलाई अधिक दुखाई महसूस हुन्छ । यसले ब्याक्टेरिया फैलिन सम्भावना हुन्छ ।
३-बरफले सेक्ने गर्दा फोका उठ्ने सम्भावना कम हुँदैन् बरु यसले तपाईको समस्यालाई अझ बढाउँछ । यसकारण बरफको प्रयोग गर्दा निकै सावधानी अपनाउनुहोस् ।
४-जलेको स्थानमा मक्खन या मलहमलाई तुरुन्त लगाउनु हुँदैन र फोका उठ्ने बित्तिकै फोड्ने गल्ती गर्नुहुँदैन । यसले संक्रमण फैलिन सक्छ र समस्या बढ्न सक्छ ।
५-बढी पोलेको छ भने घरमै उपचार गर्नुभन्दा तुरुत्न पीडितलाई चिकित्सक कहाँ लैजानु पर्दछ । जलेको ठाउँमा यदि कुनै कपडा टासिएको छ भने यसलाई निकाल्नुहुँदैन, यसबाट त्वचा पनि निस्कने खतरा हुन्छ ।
६-अत्यधिक पोलेको व्यक्तिलाई पानी दिनुहुँदैन बरु ओआरएस को घोल पिलाउनुहोस् किनभने जल्ने बित्तिकै व्यक्तिको आन्द्राको कार्य बन्द गर्छ र पानी श्वास नलीमा फस्न सक्छ, जुन घातक हुनसक्छ ।
February 26, 2019 12:41 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय