मंगलबार घटेको विदेशी मुद्राको भाउ बुधबार बढ्यो
काठमाण्डौ – मंगलबार केही घटेको विदेशी मुद्राको भाउ बुधबार भने केही बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०१ पैसा तोकेको छ । मंगलबार खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको थियो ।
यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा थियो ।
आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ रुपैयाँ छ । हिजाे खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा थियो ।
यस्तै बुधबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७७ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १८ पैसा तोकिएको थियो ।
आज बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४१ पैसा छ । हिजो खरिददर ३ सय रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०४ पैसा रहेको थियो ।
बुधबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ । मंगलबार वन एक सयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा थियो ।
February 27, 2019 10:43 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी