अभिनेत्री दिव्या भारतीका मृत्यु बारेमा यस्तो भने उनका बाबुले !
बलिउड अभिनेत्री दिव्या भारती जम्मा १९ वर्षकी थिइन् जब अफार्टमेन्टको पाँचौ तलबाट खेसर उनको मृत्यु भयो । ५ अप्रिल १९९३ मा उनले जीवनको अन्तिम सास लिएकी थिइन् । उनको मृत्युको रहस्य हालसम्म पनि पूर्ण रुपले खुलेको छैन । उनको ४५ औं पूण्यतिथिका अवसरा उनको जीवनको अन्मि ६० मिनेटबारे जानकारी दिने प्रयास गरिएको छ ।
चेन्नईबाट शूटिंग गरेर फर्केकी दिव्यालाई एक अन्य शूटका लागि जानु थियो । तर उनले त्यसलाई स्थगित गरिदिन् । उनकी डिजाइनर नीता लल्लाको एक फोन आयो जो उनीसँग भेटेर अपकमिंग फिल्म आन्दोलनका लागि उनको कस्ट्यूम तय गर्नेवाली थिइने । नीता र उनका साइक्याट्रिक श्रीमान श्याम लल्ला दिव्याका घरमा थिए जब उनको पाँचौ तलाबाट खसेर मृत्यु भयो ।
तीनै जना ड्राइंग रुपमा बसेर मदिरा सेवन गरिरहेका थिए । दिव्या निकै मातिसकेकी थिइन् । दिव्याको घरमा काम गर्ने अमृता किचनमा थिइन् र केही स्न्याक्स बनाउँदै थिइन् । जुन तीनै जनाले मदिरासँगै लिने थिए । अमृता किचनबाटै दिव्यासँग कुरा पनि गरिरहेकी थिइन् । त्यो बला नीता र श्याम टिभी हेरिरहेको पनि दाबी गरिन्छ, जब दिव्या चुपचाप बालकोनीमा गइन र रेलिंगमा अडिइन् ।
जब उनी मोडिइन् अचानक सन्तुलन विग्रेर उनी त्यहाँबाट खसिन् । जब प्यारामेडिकल टीम त्यहाँ पुग्यो त्यतिबेलासम्म दिव्या जीवितै रहेको बताइन्छ । तर दिव्याको मृत्युपछि धेरै प्रकारका षड्यन्त्रका अनुमान पनि गरिए । एक म्यागजीनसँग कुरा गर्दै दिव्याका बाबुले भनेका थिए, ‘सुसाइड र हत्या जस्तो केही पनि होइन । हो, उसले थोरै मदिरा पिएकी थिइ । तर तपाईँ आधा घण्टामा खासमा कति मदिरा लिन सक्नुहुन्छ ?’
उनले आफ्नाी छोरी डिप्रेशनमा नभएकोसमेत बताएका थिए । उनले भनेका थिए, ‘उ त्यो किसिमकी केटी थिइ जसले अरुलाई डिप्रशन गराउँन सक्थी ।’ उनले यो एक दुर्घटना भएको बताए । उनले भनेका थिए, ‘उ रेलिंगमा बसी आफ्नो सन्तुलन हराएपछि खसी । दुर्भाग्यवश सबै फ्ल्याट्समा ग्रिल लगाइएको थियो बाहेक दिव्याको फ्ल्याट । हरेक राती फ्ल्याट्सको तल निकै गाडी हुन्थे, त्यो दिन एक पनि गाडी थिएन । म बेहोश भएको थिएँ । तर, अन्ततः हामीले वास्ताविकताको सामना गर्नै पर्छ ।’
February 27, 2019 10:53 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर