Sunday 13th July 2025

फ्यानले बिहे गर्न सुझाव दिँदा भुवन र निरुताले दिए यस्तो जवाफ

6 years अगाडी

काठमाण्डौ – अभिनेता तथा निर्माता भुवन केसीको निर्माण रहेको सिनेमा ‘क्याप्टेन’ यही फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । नेपालमा पहिलो पटक फुटबलको विषयलाई लिएर बनाइएको ‘क्याप्टेन’ यो वर्षको बहुप्रतिक्षित सिनेमा हो ।

अहिलेका मेगा स्टार मानिने अनमोल केसीले यस सिनेमामा फुटबलर इशान खड्काको भूमिका निर्वाह गरेका छन् । यही कारण पनि यो सिनेमा हेर्न धेरै दर्शक आतुर देखिएका छन् । यसै सिनेमामार्फत दुई नवनायिका उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यू गर्दैछन् ।

यतिबेला ‘क्याप्टेन’ टिम यही सिनेमाको प्रचारप्रसारमा व्यस्त छ । निर्माता भुवन केसी आफै पनि क्याप्टेनको प्रचारमा लागिपरेका छन् । भुवनले क्याप्टेनमा समावेश लोक फ्लेभरको ‘कर्ली–कर्ली’ कपालमा नृत्यसमेत गरेका छन् । यस गीतमा अभिनेत्री निरुता सिंह उनको जोडीको रुपमा प्रस्तुत भएकी छिन् । निरुताले गीतमा मात्र काम गरेको प्रसंगमा भुवनले सिनेमामा पनि निरुताको केही सिनहरु भएको संकेत गरे । तर त्यो थाहा पाउन भने दर्शकले फागुन १७ मा क्याप्टेन नै हेर्नुपर्ने भुवनले बताए ।

सिनेमाको गीतमा देखिएकी निरुताले सिनेमाको प्रचारमा भने सिनेमाकी मुख्य अभिनेत्रीसरह समय दिएकी छिन् । निरुता गीतमा जस्तै भुवनको जोडी बनेर सिनेमाको प्रचारमा हिँडिरहेकी छिन् । बिहीबार हुने ‘क्याप्टेन’ को प्रिमियरसम्म उनी नेपालमै रहनेछिन् ।

२५ वर्ष अघि डेब्यू सिनेमा ‘दक्षिणा’मा नै निरुताले त्यस समयमा सुपरस्टार भुवनसँग काम गरेकी थिइन् । त्यो सिनेमामा समावेश ‘सपना भई आँखामा आउने को होला’ बोलको गीत निकै नै चर्चामा रहेको गीत हो ।

डेब्यू सिनेमामा नै निरुता र भुवनको जोडी दर्शकले अत्यधिक रुचाएका थिए । यही कारण पनि अहिले एकसाथ देख्दा दर्शक पनि खुशी छिन् ।

गीत सार्वजनिक भएपछि यो जोडीले केही अन्तर्वार्ताहरु पनि एक साथ दिए जसमा उनीहरुको केमेष्ट्री निकै रुचाइयो । सायद यही केमेष्ट्री देखेर नै होला केही शुभचिन्तकहरुले विवाहको सुझाव दिएका छन् ।

हामीसँगको कुराकानीमा फ्यानले दिएको यस सुझावका बारेमा कुराकानी गर्दा निरुता मज्जाले हाँसिन् । भुवनले यस विषयमा बोल्दै भने, ‘हामी सिनेमामा एकअर्काको प्रेमी–प्रेमिका भएर काम गर्छौँ । त्यो हाम्रो काम हो । तर निरुता मेरी बहिनी बराबरको हो । सिनेमामा त हामीले श्रीमान–श्रीमती भएर पनि काम गर्नुपर्ने हुन्छ । त्यसकारण दर्शकहरुले हामीलाई मायाले यस्तो सोचिदिनु भएको हो । हाम्रो सम्बन्ध भनेको दाजुबहिनीको मात्र हो त्यो भन्दा अरु केही पनि छैन ।’

यही बीच निरुताले खुशी हुँदै थपिन्, ‘यो भनेको दर्शकले हाम्रो केमेष्ट्री एकदमै मन पराउनु भएको छ भन्ने कुरा हो । अन्यथा भुवन दाइ भनेको मेरो एकदमै प्रिय दाइ हुनुहुन्छ । उहाँलाई दाइको रुपमा म एकदमै सम्मान गर्छु । त्यो बाहेक अरु केही पनि सोचाइ हुँदैन ।

दाइले पनि मलाई बहिनी सम्झेर माया गर्नुहुन्छ । तर दर्शकलाई स्क्रीनमा हाम्रो केमेष्ट्री मन परेर यस्तो भन्नु भएको हो । यसको मतलब हाम्रो काम दर्शकले मन पराउनु भएको हो र हामीले सँगै काम गर्नुपर्छ ।’

          February 27, 2019 12:54 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...