Monday 16th March 2026

जनकपुरमा बिहानै भयानक दुर्घटना : २ जनाको मृत्यु, दर्जनौं गम्भिर

7 years अगाडी

काठमाडौं । बुधबार बिहानैं भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । धनुषाको ढल्केवरमा बस र माल बाहक ट्रक ठोक्‍किँदा दुईजनाको मृत्यु भएको छ भने, दर्जन बढी यात्रु घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत धनुषाको मिथिलानगरपालिकाको ढल्केवरमा बस र ट्रक ठोक्‍किँदा दुईजनाको मृत्यु र १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बसमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ की शुभकला मण्डल र भारत मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राइले जानकारी दिनुभयो ।

काँकरभिट्टाबाट पश्चिम जाँदै गरेको ना५ख ४९६ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ९४९६ नम्बरको मालवाहक ट्रक ढल्केवर चोकको मोडमा ठोक्‍किदा दुर्घटना भएको हो ।

          February 27, 2019 1:16 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...