हस्तमैथुन गर्दा क्यान्सर नलाग्नेदेखि अन्य फाइदाहरु, भ्रम र वास्वितवता जान्नुहोस् !
काठमाडौं । नेपालभर डा. खेम कार्की यौन रोगीहरुका लागी एकदमैं प्रख्यात नाम हो । उहाँले पछिल्लो समय धेरैको ज्ञिसाको विषय बन्दैं गरेको हस्तमैथुनबारे केही कुराहरु राख्नु भएको छ । हस्तमैथुन भन्नाले हातले अथवा केही साधन प्रयोग गरेर, यौनाङ्ग चलाएर, हल्लाएर वा खेलाएर यौन सन्तुष्टि प्राप्त गर्ने विधि हो । यसलाई यौन आनन्द प्राप्त गर्ने एउटा अति नै सुरक्षित यौनक्रियाकलाप पनि भन्न सकिन्छ ।
पुरुषले आफ्नो लिङ्गलाई हातले बिस्तारै घर्षण गरेर वीर्य स्खलन गर्छन् भने महिलाले पनि योनीको भगाङ्कुर खेलाएर आनन्द लिन्छन् । कसै कसैले विभिन्न किसिमका साधन वा कृतिम यौनाङ्गहरू प्रयोग गरेर पनि हस्तमैथुन गर्ने गर्दछन् । त्यसैले यसलाई एक सुरक्षित यौन व्यवहार हो भन्न सकिन्छ । हस्तमैथुनका सम्बन्धमा हाम्रो समाजमा बिभिन्न भ्रमहरू रहेको पाइन्छ
हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने, लिङ्ग बाङ्गो हुने, शीघ्र स्खलन हुने आदि धेरै कुराहरु रहेका छन् । यी सबै कुराहरूमा विश्वास नगर्नुहोस किनभने यो सबैं भ्रमहरु हुन् । यी कुराहरुमा कुनै सत्यता छैन । बरु हस्तमैथुनले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाई यौन अपराधलाई कम गर्नसमेत सहयोग पुग्छ ।
त्यसैगरी हस्तमैथुनले अनावश्यक गर्भधारण, यौन–व्यवसायीसँगको यौन सम्बन्ध र यीनमा हुने खर्च तथा एचआइभी तथा अन्य यौन रोगहरू लाग्नबाट बच्न पनि मद्दत पुर्याउँदछ । पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थिको क्यान्सर हुने सम्भावना पनि हस्तमैथुन गर्ने मानिसमा कम हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।
हस्तमैथुन गरेर बीर्य सकिंदैन र नगर्दा भण्डारण भएर बस्ने पनि गर्दैन् । यो प्राकृतिक रुपमा शरीरमा बनिरहन्छ र स्खलन पनि भैरहन्छ, त्यसैंले यसमा कुनैं पिर मान्न आवश्यक छैन । नेपाल हेल्थको सहयोगमा तयार पारिएको हो ।
February 27, 2019 1:21 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय