

लण्डन रिर्टन्स नायिकासंग आर्यनको रोमान्स

नेपाली सिनेमा क्षेत्रमा पछिल्लो समय लण्डन रिर्टन्स नायिका नायिकाहरु धेरै देखिएका छन् । लण्डनमै बसेर नेपाली सिनेमा क्षेत्रमा नेम र फेमका लागि आएका नायिकाहरुमा पर्छिन् मिरुना मगर । लालपूर्जाबाट डेब्यु गरेकी यी नायिकाको अहिलेसम्म २ वटा फिल्म मात्र रिलिज भए । उनको पछिल्लो पटक रिलिज भएको फिल्म हो रोज । उनको हातमा फिल्म नभएका होईनन् तर फिल्मकै कारण भने उनले भने जस्तो लोकप्रियता कमाउन सकिनन् ।
प्रदिप खड्काको नायिका बनेर पनि सिनेमा क्षेत्रमा जम्न नसकेको भन्ने टिप्पणी झेलिरहेकी मिरुना अब आर्यन सिग्देलको नायिका हुने भएकीछिन् । साम्तेन भुटियाले निर्देशन गर्न लागेको फिल्म चच हुईमा मिरुना र आर्यनको जोडी बाँधिएको हो । लाइट कमेडी धारमा निर्माण हुन लागिरहेको यस फिल्मका लागि मिरुना र आर्यन दुबै उत्साहित छन् ।
मिरुनालाई यही फिल्मबाट लक लाग्छ की भन्ने आसा पनि छ । उता आर्यन भने गर्भवती श्रीमतीलाई समय दिन पाएका छैनन् । उनको व्यस्तता निकै बढेको छ । भर्खरै मात्र हजार जुनीसम्मको सुटिङ सकेर आएका उनी आजै चच हुईको सुटिङका लागि जोमसोम उडेका छन् । अमृत घलेको निर्माणमा बन्न लागिरहेको उक्त फिल्मको सुटिङ जोमसोम, पोखरा, काठमाण्डौ हुँदै हङकङसम्म हुनेछ ।
March 1, 2019 10:43 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

