राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनए साउदिद्वारा नगद सहयोग ।
तेज थापा,
साउदि अरब – गैर आवासीय नेपाली संघ साउदि अरबले नेपाल राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेकोे छ । संघको सकृयता सहयोगीदाताहरुबाट संकलित नगद रकम २९१८ साउदी रियाल अर्थात ८६,७६९.०६ (छयासी हजार सात सय उनान्सत्तरी रुपिंया छ पैसा) रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेड को खातामा जम्मा गरिएको हो । सहयोगी दाताहरूको सुचि सहित रकम विप्रेषण गरिएको प्रतिलिपी हाल घर विदामा नेपालमा रहनु भएका एनआरएनए पुर्वी क्षेत्रका क्षेत्रीय कोषाध्यक्ष चित्र कुमार राइले आविष्कार केन्द्रका अभियान्ता डा. महावीर पुनलाइ भेटि हस्तान्तरण गरेका छन् ।

एनआरएनए पुर्वी क्षेत्रका क्षेत्रीय समन्वय समितिले आफ्नो नियमित बैठकका दौरान आविस्कार केन्द्रलाई सहयोग अभियानमा सरिक हुन आफ्नो माथिल्लो निकाय राष्ट्रिय समन्वय परिषद साउदी अरबलाइ अनुरोध गरेको थियोे भने एनसीसी साउदिले पाचौं पुर्ण बैंकद्वारा पुर्वी क्षेत्रीय अध्यक्ष चन्द्र मणि भन्डारीको समन्वयकारि भुमिकामा अभियान संचालन गर्ने निर्णय गरेको थियोे ।

“एनआरएनए साउदि अरबका विभिन्न समितिमा कृयाशिल साथीहरूलाइ अवगत गराइ सहयोग संकलन अभियान सुरुवात गरिएको जानकारी दिदै सहयोग अभियान कर्ता तथा एनआरएनए पुर्वि क्षेत्रीय समन्वय समितिका प्रबक्ता नरेन्द्र कार्कीले सोइच्छाले सहयोगी दाताहरुबाट संकलित रकम २५ फेब्रुअरी, २०१९ मा आविष्कार केन्द्रको खातामा जम्मा गरिएको बताए ।

March 1, 2019 12:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने