इराकमा २ हजार डलरमा नेपाली युवती किनबेच
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १७ फागुन । इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि घटना बाहिरिएको हो ।
पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अुनसार लक्ष्मी नेपालमै बसेर इरान जाने युवती खोज्ने र श्रीमान नारायण नयाँदिल्लीमा बसेर सेटिङ मिलाउने काम गर्थे ।
बस्नेत दम्पत्तीको गिरोहमा अन्य व्यक्ति पनि रहेको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । नारायण र लक्ष्मीविरुद्ध भने मानव बेचबिखन र संगठित अपराधको मुद्दा सँगसँगै अघि बढाएको छ ।
March 1, 2019 12:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...