एनआरटीएनसि नेपाली समाज साउदी अरबको आठौं वार्षिकोत्सब सम्पन्न ।
तेज थापा,
साउदी अरब- एनआरटीएनसि नेपाली समाज साउदी अरबले आफ्नो आठौं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । साउदि अरबको पुर्वी प्रान्त अलखोबर स्थित दरबार होटेलमा आज बिशेश कार्यक्रम गरि समाजले वार्षिकोत्सब मनाएको हो ।

महासचिव पेशल कुमार राइद्वारा संचालित कार्यक्रममा समाजका अध्यक्ष विष्णु पोख्रेलले सभापतित्वमा गरेका थिए । कार्यक्रममा समाजका संस्थापकहरु पुर्व तथा वर्तमान पदाधिकारी लगायत पन्जिकृत सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
विभिन्न चरणमा विभाजित कार्यक्रम प्रबक्ता खेमराज आचार्यले स्वागत मन्तव्य राखेका थिए भने बर्तमान प्रमुख सल्लाहकार डमर कुमार यादव, भुतपुर्व अध्यक्ष प्रेम सिंजालि, संस्थापक कोषाध्यक्ष खिम गर्बुजा, संस्थापक उपाध्यक्ष तेज थापा, भुतपुर्व उपाध्यक्ष आइत लिम्बू, आसिपल तामाङ लगायतका वक्ताहरुले आठौं वार्षिकोत्सबको अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।
रोजगारीका सिलसिलामा साउदि अरब आइ आपसी एकता, सद्भाव र सहयोग गर्ने हेतुले नेस्मा पार्टनर्स, रबवि ग्रुप तथा नेस्मा ट्रेडिङ कम्पनीमा कार्यरत नेपालीहरुले सन २०१० मा नेपाली समाजको स्थापना गरेका थिए । समाजले आफ्ना कम्पनीमा विभिन्न कारणवश मृत्यु भएका एवम् जटिल रोगले ग्रसित हुन पुगेका नेपालीहरुलाइ आर्थिक सहयोग पुर्याउने देखि लिएर स्वदेशमा महाभुकम्प तथा दैवीप्रकोप जस्ता विपत्तिहरुमा समेत सहयोग गर्दै आइरहेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने