श्रीमतीमाथि तरकारी पकाउन ढिला गरेको भन्दै गोली प्रहार !
घरायसी विवाद हुँदा बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन् । साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको छर्रा लाग्दा उनकी २५ वर्षीय श्रीमती बालकुमार घर्ती घाईते भएकी हुन्।
कम्मरको भागमा छर्रा लागेर घाइते भएकी घर्तीलाई मोटर बाटोमा हिँउ जमेको कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएपी) चिरञ्जिवी कोईरालाले जानकारी दिए ।
विहिबार मादक पदार्थ सेवन गरी घरमा आएका चन्द्रबहादुरले तरकारी ढिलो पकाएको भन्दै झगडा निकाले पछि भनाभन हुँदा उत्तेजनामा आएर बन्दुक प्रहार गरेको घाईते बालकुमारीले प्रहरीसँग बयान दिएकी छन्। बन्दुक प्रहार गर्ने चन्द्रबहादुर फरार रहेका प्रहरी नायव निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए ।
March 2, 2019 11:03 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी