Monday 16th March 2026

अमेरिका हिंडेकी रेखालाई नक्कली सर्टिफिकेटले पुर्‍यायो प्रहरी खोरमा

7 years अगाडी

काठमाडौं, १८ फागुन । सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकन ईडीभी चिठ्ठाकोको फारम भरिन् । फारममा उनले प्लस टु तह पास गरेको उल्लेख गरेकी थिइन् आखिर चिठ्ठा पर्‍यो पनि ।

काठमाडौंस्थित अमेरिकी दूतावासले माझीलाई बोलाएर नागरिकतालगायत शैक्षिक योग्याताको सर्टिफिकेट माग्यो । माझीले नक्कली सर्टिफिकेट बनाउने गिरोहसँगको सम्पर्कमा प्लस टु पास गरेको सर्टिफिकेट बनाइन् । दूतवासमा उनले नक्कली सर्टिफिकेट बुझाएपछि उसले छानबिन थाल्यो । सम्बन्धित कलेजमा पनि उसले बुझ्यो । तर उसको अभिलेख भेटिएन ।

माझीले आठ कक्षा मात्रै अध्ययन गरेको रहस्या खुल्यो । माझीले तीन लाख रुपैयाँ खर्च गरेर काठमाडौंमै नक्कली सर्टिफिकेट बनाएकी थिइन् ।

माझीले बुझाएको सर्टिफिकेट नक्कली रहेको थाहा पाएपछि दूतावासले महानगरीय प्रहरी अपराध महाशाखालाई पत्र लेख्दै आवश्यक छानबिन गरेर कारबाही गर्न पत्राचार ग¥यो । माझी अहिले प्रहरी हिरासतमा छिन् ।

          March 2, 2019 11:23 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...