Monday 16th March 2026

गीत गाएरै राम्रो आम्दानी भएपछि सागर आलेले हालै मात्र चितवनमा नयाँ घर

7 years अगाडी

नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट चारमा रहन सफल गायक हुन्– सागर आले । प्रतियोगितामा उपाधि जित्न नसके पनि दर्शक तथा स्रोताको मन जित्न सफल यी गायक अहिले सांगीतिक कार्यक्रमहरूमा व्यस्त छन् ।

पछिल्लो एक वर्षमा झन्डै १५ वटा देशको सांगीतिक भ्रमण गरेका आले अहिले विदेशमा राम्रो पारिश्रमिक लिएर कन्सर्ट दिने गायकको सूचीमा पर्छन् । कन्सर्टमा व्यस्त भएपछि सागरको आर्थिक अवस्थामा समेत ठूलो परिवर्तन आएको छ ।

गीत गाएरै राम्रो आम्दानी भएपछि सागरले हालै मात्र चितवनमा नयाँ घर बनाएका छन् भने काठमाडौंको ठमेलमा रेस्टुराँसमेत सञ्चालन गरिरहेका छन् । नयाँ घरमा सरे लगत्तै सागरका बुवा–आमाले उनको विवाह गरिदिने इच्छा व्यक्त गरेको बताइन्छ । सागर भने केही वर्षपछि मात्र विवाह गर्ने योजनामा छन् ।

          March 2, 2019 1:43 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...