अण्डा खानु हुन्छ ? एक पटक पढ्नुस् तपाइँले थाहा नपाएको कुरा !
तपाई-हामीले अण्डालाई शक्ति वर्द्धक खानेकुराको रुपमा सेवन गर्दै आएका छौं । बच्चा बच्चीलाई समेत अण्डलाई पोषिलो खानेकुराकोरुपमा नियमित खुवाउने गरिन्छ । तर पछिल्लो समयमा अण्डामा यस्तो गुण ह्रास हुँदै गएको र शक्ति बर्द्धक नरहेको भारतमा गरिएको एक अध्यनले देखाएको छ ।
भारतको केन्द्रीय पंक्षी अनुसन्धान केन्द्रले गरेको अनुसन्धनका क्रममा अण्डा अव पहिले जस्तो शक्तिबर्द्धक खानेकुराकोरुपमा नरहेको पत्ता लागेको हो । कुखुरालाई खुवाइने गरेको दानामा क्याल्सियमको मात्रा घटाउँदै लगिएका कारण यस्तो अवस्था आएको अनुसन्धानको निष्कर्ष छ । क्याल्सियमको मात्रा कम भएका कुखुराबाट उत्पादित अण्डामा हामीलाई चाहिने शक्तिवर्द्धक तत्व कम हुने यो अनुसन्धानबाट पत्ता लागेको छ ।
अण्डामा कार्बोहाइड्रेड, फ्याट अर्थात चिल्लो, भिटामिन, प्रोटीन र मिनरल हुन्छ । मिनरलमा क्याल्शियम, आयरन, म्याग्नीशियम, फस्फोरस, पोटेशियम, जिंक मुख्य मानिन्छ । यी तत्व शरीरका लागि महत्वपूर्ण मानिन्छन् । तर पछिल्लो समयमा यस्तो शक्तिबर्द्धक अण्डा हराउँदै गएको अध्यनको निष्कर्ष छ ।
March 2, 2019 2:39 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय