गोली चलाएर गाउँ नै सखाप : एकैठाँउ ३२ जनाको हत्या
कानो, नाइजेरिया । आपराधिक समूहको आक्रमणमा परी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार मारिनेमा “भिजलान्ते”हरु रहेका छन् ।
मोटरसाईकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफी जिल्लाको कवार गाँउमा गोली प्रहार गरेका थिए । “आपराधिक समूहको आक्रमणमा परी मृत्यु भएका ३२ जनाको शव हामीले नियन्त्रणमा लिएका छौँ,” स्थानीय सुकाइमान शुअैबुले भन्नुभयो । नाइजेरियाकै अर्को एउटा क्षेत्रमा २७ जनाको हत्या भएको केहीदिनपछि अर्को आक्रमणको घटना भएको हो ।
ठूलो संख्यामा आएका उनीहरुले स्थानीय समयानुसार ३.३० मा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । “घटनामा परी ३२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु कैयौ घाइते भएका छन्,” एक अधिकारीले भने । जाम्फारा राज्यका प्रहरी प्रवक्ता मोहम्मद शेहुले घटनाको पुष्टि गर्दै थप विवरण दिन भने अस्विकार गर्नुभयो । रासस/एएफपी
March 2, 2019 2:45 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव