Saturday 20th December 2025

अर्काकी श्रीमतीसँग सेक्स गरेर त्यही भिडियो विदेशमा रहेका श्रीमानलाई पठाएपछि

7 years अगाडी

काठमाडौ । नेपालमा समयसमयमा विभिन्न सेक्स स्क्यानडलहरु बाहिर आइरहेका हुन्छन् । कुनै अभिनेत्री वा अरु कसैको भिडियो लिंक हुन्छ, कतिपयले यसलाई कानुनी रुपमा लैजान चाहान्छन् भने धेरैंले आत्महत्या गर्छन । यस्तै स्याङ्जा जिल्लाबाट एक बिबाहित महिला आफ्ना बालबच्चा, श्रीमान र केही आफन्तहरु लिई पोखराको गण्डकी टेलिभिजनको कार्यालयमा आइपुग्नु भएको थियो ।

महिलाले आफुलाई एक पुरुषले जबरजस्ती यौन सम्पर्क गरी त्यसको भिडियो खिचेर ब्लाकमेल गर्ने गरेको र सो भिडियो सामाजिक सञ्जालमा भाइरल गरेको भन्दै गुनासो पोख्नुभयो । उनका श्रीमान र अन्य आफन्तले पनि ति महिलाको कुरामा सहमति जनाएका छन् । आफुहरुले यो कुरा स्याङ्जाको प्रहरीमा जानकारी गराई निवेदन दिएको तर प्रहरीले आवश्यक प्रतिक्रिया नजनाएको भन्दै गुनासो गरे ।

गाँउका जान्नेसुन्नेले घटनालाई दबाउन खोजेको दाबी उनिहरुको छ । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केको टिम यो बिषय लिएर पिडितहरु सहित प्रहरीकोमा पुग्यो । २ दिन पछी प्रहरीले ति पुरुषलाई पक्राउ गर्न सफल भएको छ । यो घटना भएको केही समय बितेको छ, ति महिलाका श्रीमान वैदेशिक रोजगारिमा रहेका थिए । ति पुरुषले आफ्नो कर्तुत भिडियोमा कैंद गरेर उनकैं श्रीमानलाई म्यासेज गरेको खुल्न आएको छ ।

          March 2, 2019 2:56 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...