छोरीको कुमारीत्व २७ लाखमा बेच्न खोज्ने आमा
रुसकी इरिना ग्लादकिख हालसालै जेल परेकी छिन् । उनको अपराध थियो– नाबालिग छोरीको कुमारीत्व करिब २७ लाख रुपैयाँमा बेच्ने प्रयत्न ।सौन्दर्य प्रतियोगितामा पनि भाग लिने गरेकी पूर्वसुन्दरी ३५ वर्षीया ग्लादकिख चेल्याबिन्स्क शहरकी बासिन्दा हुन् । उनले मस्कोनिवासी एक जना प्रहरीलाई आफ्नी १३ वर्षीया छोरीका उत्तेजक तस्बिर खिचाएर पठाएकी थिइन् । डाक्टरबाट छोरी कुमारी भएको प्रमाणपत्र पनि हासिल गरेकी थिइन् ।
जनवरीमा उनी छोरी लिएर मस्को पुगेकी थिइन् । बालदुराचारी प्रमाणित भएका एक जना प्रहरीले उनको छोरीसँग यौन सम्बन्ध कायम गर्नका लागि मोटो रकम दिएका थिए । ग्लादकिखले पैसा हात पार्न पनि पाएकी थिइनन्, प्रहरीले उनलाई पक्राउ गरिहाल्यो ।
अदालतले उनलाई साढे चार वर्षको जेल सजाय दिएको छ । उनका छोरी र छोरा हाल हजुरआमासँग बस्छन् । उनकी छोरीको कुमारीत्वको ग्राहक खोजिदिने काममा संलग्न अन्य दुई जनालाई साढे तीन वर्षको जेल सजाय तोकिएको छ । प्रहरीले ग्लादकिख र अन्य दुई जना दोषीले पहिले यौनकर्मीका रूपमा काम गरेको पनि बताएको छ ।
ग्लादकिखकी एक जना साथीले उनको जीवनशैली विलासी भएको बताइन् । ‘उनी महँगा र स्टाइलिस लुगा लगाउँथिइन्,’ ती साथीले भनिन्, ‘घरमा पार्टी गरिरहन्थिन् । चेल्याबिन्स्कको सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् । उनको जीवनशैली भव्य थियो ।’
March 2, 2019 3:10 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने