१० साना दलले बनाए चार गठबन्धन
यसपटक ५८ वटा चुनाव चिह्नमा ६४ वटा राजनीतिक दलहरूले उम्मेदवारी दिएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
निर्वाचन आयोगका अनुसार सोमबारसम्मको समयावधि दिइएकोमा उक्त अवधिमा ६४ वटा राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्द सूची बुझाएका हुन्। यसपटक समानुपातिकतर्फका ११० सिटका लागि ३ हजार ४२४ जनाको उम्मेदवारी परेको हो।
यसपटक ५८ वटा चुनाव चिह्नमा ६४ वटा राजनीतिक दलहरूले उम्मेदवारी दिएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार ५४ वटा राजनीतिक दलले आफ्नै चुनाव चिह्नबाट उम्मेदवारी दिएका छन् भने अन्य दस वटा राजनीतिक दलहरुले भने गठबन्धन गरेर उम्मेदवारी दिएका छन्।
एकल चुनाव चिह्न लिएर भाग लिन पाउने कानुनको व्यवस्थाबमोजिम दलहरूले गठबन्धन गरेर ४ वटा चुनाव चिह्नमा १० दलले उम्मेदवारी दिएका हुन्।
आयोगका अनुसार पूर्वराज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, हरिनन्दन कुमार रंजन नेतृत्वको बहुजन एकता पार्टी नेपाल र धुपलाल प्रसाद सहनी नेतृत्वको नेपाल जनजागृति पार्टीले गठबन्धन गरेर बस चुनाव चिह्नमा उम्मेदवारी दिएका छन्। बस संघीय समाजवादी पार्टीको चुनाव चिह्न हो।
त्यस्तै, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी संरक्षक रहेको कविर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि गठबन्धन गरेर एउटै चुनाव चिह्नबाट लड्ने भएका छन् । उनीहरूले चकिया (जाँतो) चुनाव चिह्नमा उम्मेदवारी दिएका छन्।
त्यस्तै, प्रभु साह नेतृत्वको आम जनता पार्टी र रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपालले पनि गठबन्धन गरेर मोबाइल चुनाव चिह्नमा लड्ने भएका छन्।
त्यस्तै, पुण्यप्रसाद प्रसाईं नेतृत्वको सचेत नेपाली पार्टी र भरत खड्का नेतृत्वको नागरिक सर्वोच्चता पार्टीले पनि जगर भएको सिंह चुनाव चिह्नमा उम्मेदवारी दिएका छन्। कान्तिपुर
December 31, 2025 9:01 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन