Monday 16th March 2026

थाहा छ गाडी चलाउँदा ब्रेक पहिला थिच्ने कि क्लच ? यी चार अवस्था जान्न जरुरी छ

7 years अगाडी

गाडी चलाउँदा प्रायः जसो नयाँ चालकहरूलाई पर्ने समस्या गाडी चलाउँदा गाडी रोक्न ब्रेक पहिला थिच्ने कि क्लच पहिला कन्फ्यिूजन हुन्छ ।योखालको समस्या अनुभवी चालकलाई पनि हुनसक्छ वा भनौँ तपाईंको क्लच र ब्रेक वा गियर प्रयोग गर्ने बानी गलत प्रकारको पनि हुनसक्छ ।क्लच र ब्रेक मिलाएर प्रयोग गर्न जानिएन भने यसको असर इन्जिन, गियरबक्स तथा क्लचमा समस्या हुनसक्छ ।यसको लागि क्लचको काम के हो पहिला बुझ्न जरुरी हुन्छ । क्लच थिचेपछि इन्जिन र ह्वील बीचको कनेक्सन छुट्छ, जुन बेला गियर परिवर्तन गर्न सकिन्छ

क्लच र ब्रेकको प्रयोग मिलाएर गर्न जानिएन भने गाडीको स्टार्ट बन्द हुने, झट्का महसूस हुने वा चाहेको ठाउँमा गाडी नरोकिने हुनसक्छ । यसको लागि सबभन्दा पहिला कुनै पनि गियरको सबभन्दा कम गति कति हो अनुमान गर्नुपर्छ ।जस्तो १ नम्बर गियरको सबभन्दा कम गति ५ देखि ८ किलोमिटर प्रतिघण्टा हुन्छ भने ५ नम्बर गियरको सबभन्दा कम गति ४० किलोमिटर प्रतिघण्टा आसपास हुन्छ । यो गति गाडी तथा बाटोअनुसार फरक–फरक हुनसक्छ ।किनकी गाडि चलाउँदा कुनै पनि गियरको कम स्पीडमा गाडी गुड्न थालेपछि गियर डाउन गर्न जरुरी हुन्छ ।

यहाँ हामीले ४ वटा अवस्थाकाबारेमा चर्चा गरेका छौँ, जसले क्लच र ब्रेकको प्रयोग कसरी सबभन्दा उपर्युक्त हुन्छ भन्नेबारे जानकारी गराउँछ ।यदि तपाईं सहरी क्षेत्रको हेवी ट्राफिकमा गाडी चलाइरहनुभएको छ र गाडीको गति ५ देखि १० किलोमिटर प्रतिघण्टा र हेको छ भने यस्तो अवस्थामा पहिला ब्रेक लगायौँ भने गाडीको स्टार्ट बन्द हुन्छ । यो अवस्थामा तपाईंको गाडी पहिलो गियरको सबभन्दा कम स्पीडमा गुडिरहेको हुन्छ । त्यसकारण एकदमै कम गतिमा सवारी चलाउँदा रोक्नुपरेको अवस्थामा पहिला क्लच अनिमात्र ब्रेक लगाउनुपर्छ ।

यदि तपाईं २० देखि ३० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडिरहनुभएको छ र अगाडि ठूलो खाल्डो आयो वा अचानक गाडीको अगाडि सानो बच्चा वा कुनै वस्तु दगुरेर आयो भने एकैपटकमा क्लच र ब्रेक थिच्नु उपर्युक्त हुन्छ । यसो गर्दा गाडी पनि रोकिन्छ र इ न्जिन पनि बन्द हुँदैन ।यदि तपाईं हाई–वेमा ८० वा ९० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडिरहनुभएको छ र अगाडि पर केही डिस्टर्व देखिन्छ भने, यस्तो अवस्थामा गाडीको गति कम गर्न क्लच नदबाइकन बिस्तारै ब्रेक दबाउनुपर्छ ।बिस्तारै ब्रेक दबाउँदा गाडी को स्पीड ४० किलोमिटर प्रतिघण्टामा आएपछिमात्र क्लच दबाएर गियर चेन्ज गर्नुपर्छ ।

किनकी ४० किलोमिटर प्रतिघण्टाको स्पीड भनेको ५ गियरको सबभन्दा कम स्पीड हो । यस्तो गतिमा पनि गियर चेन्ज गरेन भने गाडी झट्का खानसक्छ र स्टार्ट नै बन्द हुनसक्छ ।आफू चलिरहेको गतिमा केही कममात्र गर्नुछ भने ब्रेकमात्र लगाए पुग्छ ।गाडीलाई रोक्नु छैन, स्पीडमात्र कम गर्नुपर्ने अवस्थामा एक्सीलेटर छाडेर ब्रेकमात्र हल्का थिच्ने गर्नुपर्छ ।स्पीडमा चलिरहेको अवस्थामा टाढा अगाडि केही रोकिएमा वा टर्निङ्ग आएको अवस्थामा हलुका तरिकाले ब्रेकमात्र थिचे हुन्छ । स्पीड कम भएर गियर नै चेन्ज गर्नुपर्ने अव स्थामा वा रोक्नैपर्ने अवस्थामा मात्र क्लच थिच्नुपर्ने हुन्छ ।

          March 5, 2019 11:40 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...