दुलहा आए, दाइजोमा १ रुपैयाँ लिए र हेलिकोप्टरमा दुलही राखेर बिदा भए !
दाइजोका लागि महिलालाई प्रताडित गरेको, जलाएको, मारेको बारे विभिन्न समाचार हामीले सुन्ने गरेका छौं । तर भारतमा एक व्यक्तिले यस्ता उदाहरणीय काम गरेका छन् जसले परम्परावादी सोच राख्नेहरुलाई गतिलो झापड हानेका छन् र
भारतको हरियाणामा एउटा जिल्ला छ सोनीपत । त्यहाँ केही दिन अघि हसनगढमा एउटा विवाह भएको थियो । विवाह निकै विशेष रह्यो, किन ? किनभने दुलहाको परिवारले १ रुपैयाँ मात्र लिएका थिए । त्यो पनि सगुनको रुपमा । त्यसबाहेक दुलहीको विदाई डोली वा कारमा नभई हेलिकोप्टरमा भयो ।
दुलहीको नाम हो सन्तोष । सन्तोषका पिता सतबीर मजदुर हुन् । २०१९ फेब्रुअरी १० मा सन्तोषको विवाह हाँसीको रापुरा गाउँको संजयसँग भयो । संजयको परिवारले विवाह अघि नै आफूलाई दाइजोमा केही पनि नचाहेको बताएका थिए ।
यस्तै, त्यही गाउँको आहुलानामा पनि यस्तै प्रकृतिको विवाह भयो । त्यहाँ एकै परिवारका दुई छोरीको विवाह भयो । दैनिक भास्करको एक रिपोर्ट अनुसार आहुलानाका पवन शर्मा जो व्यावसायीक रुपमा सुरक्षाकर्मी हुन् ।
उनले आफ्ना दुई छोरी निशा र काजलको विवाह गराइन् । फेब्रुअरी २६ मा उनीहरुको विवाह भयो । भिवानी जिल्लाको केहरपुरा गाउँका दुई भाइ प्रविण र राजकुमारले निशा र काजललाई विवाह गरेका हुन् । दाइजोको सगुनमा उनीहरुले पनि एक रुपैयाँ लिए । र उनीहरुले पनि आफ्नी दुलहीलाई हेलिकोप्टरमा लिएर गए ।
March 5, 2019 11:48 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने