Saturday 20th December 2025

दोलखाका ८२ वर्षीय वृद्धले गरे ७८ वर्षीया श्रीमतीसँग सम्बन्धबिच्छेद

7 years अगाडी

चरिकोट – दोलखाका ८२ वर्षीय वृद्धले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे । दुई छोरा र दुई छोरीका बुवाआमा भए । ती दिन कस्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ ।

‘त्यो बेला दुःखसुख गरी घर सम्हालेँ,’ दोलखाको गौरीशंकर गाउँपालिका, ८ खारेका ८२ वर्षीय वृद्धले भने, ‘मर्ने बेला छोडपत्र गर्न कसलाई रहर हुन्छ र ?’ उनले भदौ ७ गते ७८ वर्षीया श्रीमतीसँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गरे । भदौ १ देखि लागू भएको मुलुकी देवानी ९संहिता० ऐनले सम्बन्दबिच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ ।

‘२०५० सालदेखि झैझगडा गर्न थाले पनि सहेर बसेको थिएँ,’ एक्लै बस्दै आएका उनले भने, ‘२०६६ देखि उनी काठमाडौंं गएर बसिन् ।’ श्रीमतीले २०७३ चैतमा अंश चलन मुद्दा हालेको उनले सुनाए । भने, ‘मैले अंश दिएँ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

          March 5, 2019 11:58 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...