Saturday 20th December 2025

तेह्रथुममा आगलागीमा परेर छोरीको ज्यान गयो, आमा घाइते

7 years अगाडी

तेह्रथुम – छथर गाउँपालिका–२ मा आगलागी हुँदा एक किशोरीको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छिन् ।

स्थानीय राममाया कार्कीको घरमा बिहान ६ बजेतिर आगलागी हुँदा २० वर्षकी सम्झनाको जलेर ज्यान गएको प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो । घाइते राममायाको धरानमा उपचार भइरहेको छ ।

काठले बनेको २ तले घरमा टुकीबाट आगो सल्किएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

          March 5, 2019 12:07 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...