

प्रयास जारी छ भनिरहने राजेश हमालको बच्चा नजन्मिनुको कारण यस्तो रहेछ ! हेर्नुहोस भिडियो सहित

३ सयको हाराहारि चलचित्रमा काम गरेका अभिनेता राजेश हमालको छुट्टै शान छ । इज्जत छ । कहिल्यै बिबादमा नफस्ने हमालका हरेकजसो विषय मिडियामा राम्रै मसाला बन्ने गरेका छन् । बिहे नहुँदा सम्म किन बिहे भएन भन्ने प्रश्नको सामना गरिरहेका हमाललाई आजभोली भने अर्को एउटा प्रश्नले तनावमा पार्ने गरेको छ ।
सकेसम्म मिडियासँग दुरी राखेर हिड्ने हमालले दिने प्रश्नको जवाफ शैली पनि अचम्मको छ । ३ वर्ष अघि बिराटनगरकी मधु भट्टराईसँग लामो समयको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका ५५ बर्षिय हमालले बास्तवमा किन सन्तान जन्माउने सोचेका छैनन त ? हालै कान्तिपुरका रामजी ज्ञवालीसँगको कफि गफमा उनले यो प्रश्नको जवाफ दिएका छन् ।
हिजो तपाइहरुलेनै निरन्तर किने विहे भएन भने वाक्क पार्नुभयो, विहे गरियो अहिले फेरी अर्को प्रश्नले तनावमा पार्नुभयो, लामो हाँसोकाबिच हमालले भने, ‘बास्तवमा यो विषय मेरो श्रीमती मधु र मेरो नितान्त व्यक्तीगत निर्णय हो, सोहि कारण अहिले भ्रर्खरै बच्चा जन्माउने निर्णय नगरेका हौैं ।’
हमाल पत्नी मधुले कहिलेकाहि बच्चाको आशा त पक्कै राख्छिन् होला । अभिनेता हमाललाई पनि बा बन्ने इच्छा त मरेको छैन होला । तर, उनले सन्तान जन्माउने विषयमा अहिले भ्रर्खरै केहि पनि कल्पना नगरेको जवाफ दिएर पन्छिए । तर हमालले सवै दम्पत्तीले आफुले जस्तै वच्चा नजन्माएर बस्न नहुने तर्क राख्छन् । ‘मधु र मेरो विचार अनुसार अहिले भ्रर्खरै बा–आमा नबन्ने सोचेका हौं, मलाई लाग्छ मधुलाई सायद सन्तानको पिरलो छैन जस्तो लाग्छ’, हमालले भने ।
हमालले आफ्नो एकल निर्णयले दाम्पत्य जिवन नचल्ने र श्रीमती मधुले चाहना नगरेसम्म बच्चा नजन्माउने बताए । यो उमेरमा पनि बच्चा नजन्माउदा धेरैलाई अचम्म लाग्न सक्छ, उनले थपे, ‘एउटा परिपक्क उमेरमा हरेक दम्पत्तीले बच्चा जन्माउनैपर्छ, सायद हामी पनि कसैका अभिभावक त बन्नेछौं, तर अहिले यो डिसिजन गरेका छैनौं ।’ हमालसँग गरिएको पुरा गफका लागी तलको भिडियो हेर्नुहोस
March 5, 2019 12:41 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

