तनहुँमा जीप दुर्घटना : एकजनाको मृत्यु, १२ जना घाइते
तनहुँ – तनहुँमा मंगलबार जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै सडकबाट करिब १० मिटर तल खस्दा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परी १२ यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा चालक नरबहादुर घर्ती, जीप मालिक दलबहादुर सुनारी मगर, यात्रुहरु कुमार बस्याल, होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा, देवीमाया थापा खुममाया थापा, बेलिसरा थापा मगर, मिरा थापा र लक्ष्मी पन्थ रहेका छन् ।
चालक घर्तीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ भने अन्य घाइतेको दमौली स्थित रत्नहरी अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको छ । घाइते सबै बन्दीपुर गाउँपालिकाका बासिन्दा हुन् । जीपको टायर पन्चर भएर जीप अनियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए ।
March 5, 2019 1:46 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध