फेवातालको किनारमा रहेको पार्क संरक्षणको काम शुरु
चिप्लेढुङ्गा । पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ । पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्ने यस पार्कभित्र विभिन्न देशका कलाकारले बनाएको कलाकृतिसमेत ओझेलमा परेको थियो । झारभित्र हराएर बेवारिसे बनिरहेका तिनै कलाकृतिलाई पछिल्लो समय पोखरा महानगरपालिका–६ ले संरक्षणका लागि चासो दिएको हो ।
पार्कमा सिधैँ गाडी लैजाने, कतिपय विदेशीले क्याराभान गाडी लिएर त्यहीँ पार्किङ गर्ने र तिनै कलाकृतिमाथि कपडा सुकाउने गरेका दृश्यसमेत देखिन्थे । तालको छेउमा अर्को बसुन्धरा पार्कसमेत रहेको छ । सो ठाउँमा समेत विभिन्न समयमा मेला महोत्सव हुने तर संरक्षणप्रति उचित चासो नदिँदा बसुन्धरा पार्कले पनि आफ्नो सुन्दरता गुमाइरहेको छ ।
वडाध्यक्ष जगत पहारीले पार्कको महिमा र महत्वलाई कायम राख्न वडाले काम शुरु गरेको र पार्क व्यवस्थापनका लागि मूर्ति संरक्षणमा जोड दिँदै वरिपरी गिट्टीले सजाइएको र कलाकारको नेमप्लेट राखिएको बताए ।
कोमागाने पार्कमा केदारेश्वर मन्दिर अवस्थित छ । मन्दिरमा पूजाआजा गर्न भक्तजन आउने, विवाह भोजभतेर हुने तर कुनै व्यवस्थित नियम नहुँदा त्यसले पार्कको सौन्दर्यलाई विनाश गर्दै लगेको बताउँछन् राष्ट्रिय सम्पदा संरक्षण समिति नेपलाका अध्यक्ष एवं सामाजिक अभियन्ता रामबहादुर पौडेल । जापानको कोमागाने शहर र पोखराबीच सन् २००२ मा भगिनी सम्बन्धमा स्थापित भएपछि सो पार्कको कोमागाने नामकरण गरिएको हो ।
March 6, 2019 10:43 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध