Monday 16th March 2026

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै नेपाली महिला समुह ओमान

7 years अगाडी

रितु शर्मा /ओमान १९०८  को न्युयोर्क शहर का महिला ले कम काम को समय ,सुविधा र समान कामको लागि समान बेतन को लागि ब्यापक आन्दोलन गरे । त्यसको आंसिक सफलता पछि कोपेनहेगन मा १९१० को ८ मार्च को सम्पन्न अन्तर्राष्ट्रिय महिला कन्फ्रेन्स मा आन्दोलन कि नेतृ क्लारा जेट्किन ले यस दिन लाइ महिला दिवस मनाउन प्रस्ताव राखेपछि विस्वभर महिला दिवस मनाउने गरिन्छ ।

यहि ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस को अवसर पारेर नेपाल देखि धेरै टाढा ओमान मा रहेका प्रवासि नेपाली महिला हरू को संगठन “नेपालि महिला समुह ओमान” को तत्वावधान मा एक बैचारिक जागरण को कार्यक्रम गर्न लागेको महिला समुह ले जनाएको छ ।

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै गर्दा महिला नेतृ क्लारा जेट्किन लाई सम्झिनु को साथै वहा को ब्याक्तित्व बाट प्रेरणा लिँदै महिला अधिकार र समान सहभागिता को लागि सामाजिक आन्दोलन लाई अझ तिब्र बनाएर अघि बढ्न मार्ग प्रशस्त हुने बिस्वास आयोजक ले लिएको बुझिएको छ ।

ओमान मा अनुशासित रूपले सामाजिक सांस्कृतिक गतिविधि मा अग्रसर रहदै आएकोमहिला समुह ले राखेको यस आयोजनामा संगित र नृत्य को मनोरंजनात्मक कार्यक्रम पनि रहने र NRN सामाजिक क्लव को समेत सहयोग रहने समुह कि अध्यक्ष ऊमा ढुंगानाले बताऊनु भयको छ ।

महिला लाई निशुल्क र पुरूष लाई सामान्य शुल्क बाट प्रवेश को ब्याबस्था मिलाइएको कार्यक्रम मा अत्यधिक ऊपस्थिति हुने बिस्वास आयोजक को रहेको छ।

          March 6, 2019 11:04 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...