Monday 9th March 2026

हेर्नुहोस्,नपत्याउने गरी ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

7 years अगाडी

काठमाडौं । आज बुधबार सुनको मुल्य यो साताकै सस्तो भएको छ। आज छापावाल सुनको मूल्य तोलामा ३ सय घटेको छ। हिजो मंगलबार ६१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारको तुलनामा आजको मुल्य ८ सय रुपैयाँले सस्तो हो।

आज तेजावी सुनको मुल्य पनि ओरालो लोगेको छ। आज तेजावी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि आरोलो लागेको छ। आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ७५० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          March 6, 2019 11:41 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...