हे भगवान् बिमलाको परिवारमा पयो बर्जपात, श्रीमान विदेशमै मरे, श्रीमतीको रुवाबासी, आशा बनिन् भगवान्(हेर्नुहोस् भिडियो)
चिटिक्क परेको पक्की घर बिमला परियारको हो । बाहिरबाट झट्ट हेर्दा सबै ठिकठाक नै छ । तर बिमलाको मन खुसी भने छैन । उनका आँखा सँधै बगीरहन्छ । यति राम्रो घर उनको श्रीमान (लोक बहादुर दमाई) को बल्ड मनि बापतको रकममा ठडिएको हो ।
दर्शकबिन्द नामस्कार अनि हार्दिक स्वागत छ, तँपाईंलाई अनलाईनटिभि नेपालमा । म किरण पौडेल आज पनि उपस्थित भएको छु । मुलुकको मध्यभाग चितवन जिल्ला । चितवनको चैनपुर । जहाँ स्वर्गीय लोक बहादुरको परिवार बस्छ । हामी आज त्यही आइपुगेका छौ । र यो विशेष भिडियो सामाग्री तपाईं माझ प्रस्तुत गरीरहेका छौ ।
यो सामाग्री सबै विदेश बस्ने नेपालीको लागि हो । जो समस्यामा परेका छन् । दर्शकबिन्द, बिमलाको राम्रो चिटिक्क परेको घर छ । तर उनका श्रीमान भने उनी सँग छैनन् । उनको शरीर र भौतिक सम्पती सामान्य परिवारको लागि पुग्दो छ । तर मनमा कत्ति शान्ति छैन ।
गत २०७१ सालमा दुबईबाट उनका श्रीमान लोक बहादुर सदाको लागि अस्ताए । सवारी दुर्घटनामा परी उनको ज्यान गएको हो । तर यो सत्यलाई मान्न बिमलालाई निकै गाह्रो छ । उनी अहिले पनि दुबईबाट श्रीमान फोन आउछ की ? भन्ने भ्रममा छिन् । ‘तर यो त भ्रम हो नी बिमला जी’ हामीले प्रश्न ग¥यौ । उनी केहिबेर रोकिन्छिन् । बोल्न सक्दिनन् । फेरी आँखाबाट आँशुका भल बग्न थाल्छन् ।
यो तितो सत्य झुटमा परिणत होस् र आफ्नो मनको राजा दुबईबाट फेरी घर फर्कियोस् उनको यत्ति चाहान छ । उनले बैदेशिक रोजगारीको क्रममा विदेशमा दुख पाएका नेपाली कामदारको हितमा काम गर्दै आएको आशा फाउण्डेशनको सहयोगमा बल्ड मनि बापतको ५२ लाख रुपैयाँ क्षतीपुर्ती पाईन् ।
र त्यही रकमबाट यो घर बनाएकी छन् । आज भने हामीसँग फाउण्डेशनकी अध्यक्ष आसा लामा पनि सँगै छन् । जसलाई बिमलाको परिवार भगवान मान्ने गरेको छ । हामीले उनकै घरमा आसा लामासँगै बिमलासँग पनि कुराकानी गरेका छौ । हे भगवान् बिमलाको परिवारमा प¥यो बर्जपात, श्रीमान विदेशमै मरे, श्रीमतीको रुवाबासी, आशा बनिन् हेर्नुहोस् भिडियो
March 6, 2019 11:58 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो