प्रदीप र जसिताकाे चलचित्र ‘लभ स्टेशन’ को ट्रेलर सार्वजनिक
अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लभ स्टेशन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा प्रदिप खड्कासँगै गुडिया उपनाम पाउने गरेकी अभिनेत्री जसिता गुरुङको अभिनय रहेको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङको प्रेम र आइपर्ने उतार चढावलाई प्रस्तुत गरिएको छ ।
चलचित्र‘लभ स्टेशन’माअभिनेता प्रदिप खड्काको पनि लगानी रहेको बताइएको छ । चलचित्र रोज असफल भएपछि निरास बनेका प्रदिपलाई चलचित्र‘लभ स्टेशन’सफल भए निकै राहत मिल्ने छ । चलचित्र ‘लभ स्टेशन’ चैत २२ गतेबाट अल नेपालप्रदर्शनमाआउने तयारीमा छ ।
यस अघि चलचित्र लिलिबिलीमा पनि प्रदिप र जसिता नै प्रस्तुत भएका थिए । त्यस चलचित्रमा यो जोडीलाई दर्शकले सकारात्मक रुपमा लिएका थिए । चलचित्र लिलिबिली यतिबेला यूट्यूबमा रिलिज भइसकेको छ । यूट्यूबमा पनि यो जोडीले अभिनय गरेको चलचित्रलाई दर्शकले मन पराएका छन् ।
प्रदिप र जसिताको चलचित्र ‘लभ स्टेशन’ दोस्रो सहकार्य हो । दार्जीलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इलाम र काठमाण्डौमा चलचित्रको छायांकन गरिएको छ । उज्जवल घिमिरेको निर्देशन रहेको चलचित्रको निर्माण गोविन्द शाहीले गरेका हुन् । चलचित्रमा आलोक शुक्लाको छायांकन, शम्भुजीत बाँस्कोटा, दीपकशर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।
March 6, 2019 1:12 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर