मेचीनगर नगरपालिकामा आयोजित अन्तर माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता
मेचीनगर नगरपालिकामा आयोजित अन्तर माध्यमिक तह हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी माध्यमिक विद्यालय प्रथम भएको छ ।नेपाल विद्यार्थी संघ मेचीनगर नगरसमितिले त्रिदेव क्याम्पस चारआलीमा बुधबार आयोजना गरेको उक्त प्रतियोगीतामा काँकरभिट्टा माध्यमिक विद्यालय द्वितीय र सरस्वती बाल कल्याण मावि तृतीय भएका थिए ।
नेवि संघ झापा जिल्ला सदस्य तथा कार्यक्रम संयोजक सुरज सुवेदीको सभापतित्व, जिल्ला सभापति राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्यता, जिल्ला सचिव नारायण नेपालको विशिष्ट आतिथ्यता, जिल्ला प्रवक्ता संजय निरौला, सदस्यहरु गोकुल पौडेल, एलेक्स मैनाली विनोद उप्रेती, पारस चापागाई, गौरीजंग क्षेत्री तथा पार्टीका क्षेत्रिय सदस्य विष्णु रिमाल लगायत पार्टीका विभिन्न भातृ संगठनका प्रमुखहरुको आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मेचीनगरका विभिन्न १६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
नेपाल विद्यार्थी संघ झापाको कार्यतालिका अनुसार झापाका प्रत्येक स्थानीय तहमा अन्तरमाध्यमिक तह हाजिरीजवाफ प्रतियोगीता संचालन गरिने र प्रत्येक स्थानीय तहमा प्रथम भएका विद्यालयलाई अब चाडैँ हुन गइरहेको झापा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगीतामा सहभागि गराई जिल्ला सभापति उप्रेतीले बताएका छन् ।
मेचीनगर नगर समितिका सचिव रुपक पराजुलीले संचालन गरेको कार्यक्रमकको प्रतियोगितात्मक शत्रको संचालन जिल्ला प्रवक्ता निरौलाले गरेका थिए
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध