भारतमा भएको बस दुर्घटनामा सातको मृत्यु, २० घाइते
नयाँ दिल्ली, फागुन : तीव्र गतिमा गुडको बस दुर्घटना हुँदा बुधबार भारतमा कम्तीमा सात जनाको मृत्यु भएको छ । भारतको राजस्थान राज्यमा भएको सो घटनामा परी अरू २० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
राजस्थानको राजधानी जयपुरदेखि ३०१ किलोमिटर टाढा पर्ने पाली जिल्लाको कैनपुरा नजिकै दुर्घटना भएको बताइएको छ । “दुर्घटनामा परी घाइते भएका सबैलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने ।
घाइतेहरुको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै ती प्रहरी अधिकारीले दिएको जानकारी अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
मृत्यु भएकामध्ये केही महिला पनि रहेको अधिकारीहरुले बताएका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको जनाएको छ ।
भारतमा सवारी दुर्घटनाका घटना अत्यधिक धेरै हुने गरेका छन् । चालकको लापरवाही, सडक र सवारी साधनको पर्याप्त मर्मत नहुनुलगायतका कारणले बढी दुर्घटना हुने गरेको बताइएको छ ।
March 7, 2019 10:51 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग