भारतमा भएको बस दुर्घटनामा सातको मृत्यु, २० घाइते
नयाँ दिल्ली, फागुन : तीव्र गतिमा गुडको बस दुर्घटना हुँदा बुधबार भारतमा कम्तीमा सात जनाको मृत्यु भएको छ । भारतको राजस्थान राज्यमा भएको सो घटनामा परी अरू २० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
राजस्थानको राजधानी जयपुरदेखि ३०१ किलोमिटर टाढा पर्ने पाली जिल्लाको कैनपुरा नजिकै दुर्घटना भएको बताइएको छ । “दुर्घटनामा परी घाइते भएका सबैलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने ।
घाइतेहरुको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै ती प्रहरी अधिकारीले दिएको जानकारी अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
मृत्यु भएकामध्ये केही महिला पनि रहेको अधिकारीहरुले बताएका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको जनाएको छ ।
भारतमा सवारी दुर्घटनाका घटना अत्यधिक धेरै हुने गरेका छन् । चालकको लापरवाही, सडक र सवारी साधनको पर्याप्त मर्मत नहुनुलगायतका कारणले बढी दुर्घटना हुने गरेको बताइएको छ ।
March 7, 2019 10:51 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव