गृहमन्त्री थापाको ठाडो आदेश पछि नयाँ मोडमा निर्मला हत्याकाण्ड !
काठमाडौं । कञ्चानपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणले नयाँ स्वरुप लिएको छ । तत्कालीन कञ्चनपुर प्रमुख रहेको प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर गरिएको हो । बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको छ ।
इन्सपेक्टर एकेन्द्र खड्का जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद अदालतमा उपस्थित भएका छन् । उनीहरुको बयान बिहिबार आज देखि नैं सुरु हुने भएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीकाअनुसार ६ जना कञ्चनपुर प्रहरीको हिरासतमा रहेका छन् । बयान सकिएपछि थुनछेक बहस हुने उहाँले जानकारी दिनुभयो ।
बयान पछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुने जनाइएको छ । निर्मलाको उनकी साथी रोशनी बमको घरमा गएका बेला बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट बिहान नजिकैंको उखुबारीमा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुको साथै प्रमाण नष्ट गरेको पटकपटक सरकारकैं मन्त्रीले जनाउँदैं आएका छन् । हिजो मात्रैं धनगडी पुग्नु भएका गृहमन्त्री रामबहादुर थापाले निर्मलाको हत्यारा छिट्टै पत्ता लाग्ने जनाउँनु भएको थियो ।
March 7, 2019 12:23 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध