Monday 9th March 2026

घट्यो सुनको भाउ, तोलाको कति ?

7 years अगाडी

काठमाडौं । यो साता निरन्तर ओरालो लागेको सुनको मुल्य आज पनि ५ सय रुपैयाँले घटेको छ। हिजो बुधबार ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ६० हजार २ सय रुपैयाँमा झरेको हो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लोगेको छ। आज तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तेजावी सुनको मुल्य ६० हजार ४ सय रुपैयाँमा रहेको थियो ।

सुनको मुल्य घटेसँगै आज चाँदीको मूल्य पनि आरोलो लागेको छ। आज चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन आईतबार ६२ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउमा सोच्नै नसक्ने गरी गिरावट आएको हो। आईतबारको तुलनामा आज सुन प्रतितोला २७ सय रुपैयाँले सस्तो हो।

          March 7, 2019 12:56 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...