यो उमेरमा यौनसम्पर्क गर्दा महिलालाई असह्य पिडा हुन्छ !
काठमाडौं । नेपालमा यौनसम्पर्कका विषयमा मानिसहरु कुरा गर्न अफट्यारो मान्छन् । तर विकसित देशहरुमा भने यौनका बारेमा विभिन्न अध्यनहरु हुने गरेका छन् । हरेक १० मध्ये एक महिलालाई यौन सम्पर्कका बेला अत्यन्त पीडा हुने गरेको पाइएको छ । यौन क्रियाकलापमा सक्रिय रहेका बेलायती महिलामाझ गरिएको सर्भेक्षणले यस्तो नतिजा देखाएको हो । सर्भेक्षणमा १६ देखि ७४ बर्ष उमेर समूहका करीब ७ हजार महिलाहरुलाई सहभागी गराइएको थियो । जो सबै यौन क्रियामा सक्रिय भईरहेका थिए ।
ब्रिटिस जर्नल अफ अब्ट्रिक्स एण्ड गाइनोकोलोजीमा प्रकाशित सर्भेक्षण प्रतिवेदनले भनेको छ यसरी पीडा को कारण डायसपारुनिया हो ।जो महिलाहरुमा हुने आम समस्या हो । प्रतिवेदनमा भनिएको छ यस्तो समस्या ५० बर्ष नाघेका महिलाहरु सेक्समा सक्रिय हुँदा बढी देखिन्छ । त्यसबाहेक १६ देखि २४ बर्ष उमेरका महिलाहरु उत्तिकै प्रभावमा पर्दछन् । यस्तो पिडाको उपचार सम्भव भएपनि कतिपय महिलाले त्यतातिर ध्यान नदिएको सर्भेक्षणमा पाइएको छ ।
त्यस्तै पिडा हुने डरले कतिपयले यौन कार्य गर्न डराउने गरेको कतिपयले पीडाले गर्दा यौन आनन्दको महसुस गर्न नपाएको उल्लेख छ । पीडाकै कारण कतिपय महिलामा यौन सम्वन्धी मनोबैज्ञानिक असर समेत हुने गरेको पाइएको छ । सर्भेक्षणमा सहभागी ६२ बर्षीया केरेन(नाम परिवर्तन)ले आफू ४० बर्ष देखि यस्तो पीडा भोगेको बताइन । यद्धपी केही बर्ष अघि उपचार गरेपछि पिडाबाट मुक्तिपाएको दावी गरिन ।
उनी भन्छिन्, ‘४० बर्ष पार गरेपछि मलाई सेक्सका बेला निकै पिडा हुन थाल्यो । सुरु सुरुमा निक्कै गाह्रो भयो तर पछि थाह पाएँ यसको उपचार छ भन्ने र उपचार गरेँ । अहिले त फिट छु कुनै पिडा छैन् । मेरो जस्तै पिडा भोगेका धेरै महिला हुनसक्छन् । त्यसैले भन्न चाहन्छु उपचार गर्नुस पिडाबाट छुटकारा पाउन सकिन्छ ।’ यद्धपी कैयौँ महिलाले यो विषयमा बोल्न चाहदैनन । एजेन्सी
March 7, 2019 6:03 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय