मैदानमा नै पुगेर च्याम्पियन्स लिग हेरिन् मिस नेपाल शृंखला खतिवडाले , खिचाइन् पोग्वा र फर्गुसनसँग
च्याम्पियन्स लिगअन्तर्गत पिएसजी र म्यानचेस्टर युनाइटेडबीचको खेल मिस नेपाल शृंखला खतिवडाले हेरेकी छिन् । उनले पिएसजी र म्यानचेस्टर युनाइटेडबीचको खेल मैदानमै पुगेर हेरेकी हुन् ।
शृंखला खतिवडालाई नेपालका लागि फ्रान्सेली दूतावासले उक्त खेल हेर्नको लागि प्रस्ताव गरेको थियो । नेपाल र फ्रान्सको सद्भावना दूत रहेकी शृंखला खतिवडा पिएसजी र म्यानचेस्टर युनाइटेडबीचको खेल हेर्न खेल मैदानमै पुगेकी हुन् ।
शृंखलाले उक्त खेल हेरिसकेपछि सामाजिक सञ्जाल फेसबुकमा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा र युनाइटेडका पूर्वप्रशिक्षक लिजेन्ड सर एलेक्स फर्गुसनसँग फोटो खिचेकी थिइन् ।
यस्तै उनले फ्रेन्च राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डिडियर डिस्च्याम्प्स, फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजी र स्टार खेलाडी प्याट्रिक इभ्रासँग फोटो खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेकी छन् ।पिएसजीको घरेलु मैदानमा भएको उक्त खेल युनाइटेडले ३–१ ले जितेको थियो ।
March 7, 2019 6:09 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी