Monday 16th March 2026

यी हुन् वैदेशिक रोजगार विभागले बन्द गरेका १९६ म्यानपावर कम्पनी !

7 years अगाडी

नेपाली कामदारलाई ठगी गरेको उजुरी परेका १९६ म्यानपावरको लाइसेन्स वैदेशिक रोजगार विभागले खारेज गरेको छ। ठगीमा परेर अलपत्र भएका नेपालीको सङ्ख्या बढ्न थालेपछि सरकारले नियमनमा कडाइ गर्दा त्यति धेरै म्यानपावर कारवाहीमा पर्न लागेका हुन्। राम्रो तलबको प्रलोभन देखाएर विभिन्न देशमा नेपाली पुर्याई अलपत्र पार्ने म्यानपावर कम्पनीको इजाजत सरकारले बन्द गरेको हो।

कस्ता कम्पनीको लाइसेन्स खारेज गरियो ? पटक-पटक कारबाहीमा परेका कम्पनी दर्ता गरेर समयमा नवीकरण नगर्ने कामदार पठाएर विदेशमा अलपत्र पारेको उजुरीमा परेकारोजगारदाता देशमा समस्यामा परेका श्रमिक समयमा उद्धार नगर्ने तथा उद्धार गर्ने कार्यमा असहयोग गर्ने ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६५/६६ पछि ठगी गर्ने १ सय ९६ म्यानपावर कम्पनी बन्द भएका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ८० भन्दा बढी म्यानपावर कम्पनी खारेज गरेको विभागको तंथ्याकमा उल्लेख छ।

बन्द गरेका म्यानपावर कम्पनीका नाममा कसैले कारोबार गरेमा कडा कानुनी कारबाही हुने विभागले चेतावनी दिएको छ। साथै विभागले बन्द म्यानपावरका सञ्चालकलाई अर्को कम्पनी चलाउन पनि प्रतिबन्ध लगाएको छ।

          March 8, 2019 1:36 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...