

बिहेपछि निकको घरमा प्रियंकामाथि भएको थियो दुव्र्यवहार, बिहेको ३ महिनापछि भयो खुलासा

काठमाडौं। २०१८ को अन्त्यमा प्रियंका चोपडा र निक जोनसले बिहे गरे । यो शाही बिहेको चर्चा संसारभर भएको थियो । अहिले यी दुईको बिहे भएको ३ महिना भइसकेको छ । बिहेको तीन महिनापछि यस्तो खुलासा भएको छ जबारे सुन्दा मानिसहरु छक्क परेका छन् ।
अहिले आएर प्रियंका बिहे गरेर निकको घरमा भित्रिएपछि उनीमाथि दुव्र्यवहार भएको खुलासा भएको छ । निकको परिवारकी एक सदस्यले सुरुवाती दिनमा प्रियंकामाथि दुव्र्यवहार गरेको खुलेको छ । यो कुराको खुलासा स्वयं जोनस दाजुभाइले एक अन्तरवार्ताको क्रममा गरेका हुन् ।
अन्तरवार्ताको क्रममा निकका दाजु केभिन जोनसले बताए कि उनकी छोरी भ्यालेन्टिनाले सुरुमा प्रियंकालाई पटक्कै रुचाउँदैनथिन् । भ्यालेन्टिना निकको निकै नजिक छिन् र उनको धेरै ख्याल गर्छिन् ।
यस्तोमा प्रियंका आफूभन्दा धेरै नजिक भएको देखेपछि उनले पटक पटक प्रियंकासँग दुव्र्यवहार पनि गरेकी थिइन् । यतिसम्म कि प्रियंकाले निकको काँधमा हात राख्दा पनि भ्यालेन्टिना रिसाउँथिन् । पछि भने उनले बुझ्न थालिन् कि प्रियंका पनि परिवारकै सदस्य हुन् । अहिले भने उनी प्रियंकासँग सहज भएकी छिन् ।
March 9, 2019 11:09 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

