Monday 16th March 2026

अस्ट्रेलियामा गाडीको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु

7 years अगाडी

काठमाडौं, फागुन २५ । काभ्रेपलाञ्चोकको बनेपा घर भई अध्ययनको शिलशिलामा अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ । करिब ९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्नस्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् ।

काम सकेर राति करिब १ बजे घर फर्कदा सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो जसबाट उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटना पश्चत गाडी चालकले नै प्रहरीलाई खबर गरेका थिए ।

उपचारकै क्रममा उनको गत मार्च ४ तारिखमा भएको थियो । निधन हुनुअघि उनले अङ्ग दान गर्ने निर्णय गरेकी थिइन् भने उनका आफन्तहरू ७ मार्चमा मेलबर्न आइपुगेपछि मात्र अस्पतालले यो खबर औपचारिक रूपमा जानकारी दिएको थियो ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिका अध्यक्ष तारा गैरेले दुर्घटनाको खबर पाएदेखि नै आफूहरू लगायत एनआरएनए र महावाणिज्य दूतावासका प्रतिनिधिहरू स्थानीय प्रशासन तथा अस्पतालको सम्पर्कमा रहेको बताए ।

उनले भने ‘अस्ट्रेलियामा नेपालीहरूको उपस्थिति बढ्दै जाँदा दुर्घटनाका घटनाहरू पनि वृद्धि भइरहेका छन् ।’उनले अघि भने, ‘सडकमा हिँड्दा, गाडी चलाउँदा या समुद्रमा पौडी खेल्दा आफूहरूले अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा चनाखो भई पूर्ण जानकारी लिनु र सावधानी अपनाउनु नै दुर्घटनाबाट बच्नु उत्तम उपाय हो ।

आफ्नो उज्वल भविष्य निर्माणमा विदेशिन बाध्य नेपालीले यसतर्फ चनाखो हुनु जरुरी छ । यो दुःखद घटनामा यहाँको समुदाय शोक सन्तप्त परिवारको साथमा रहनेछ र सक्दो सहयोग गर्नेछ ।’श्रेष्ठको अन्त्येष्टी आगामी हफ्ता मेलबर्नमै गरिने जनाइएको छ ।

          March 9, 2019 1:07 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...