सबै निर्देशकसँग सुमधुर सम्बन्ध छ : प्रदीप खड्का
काठमाण्डौ – चलचित्र प्रेमगीतबाट दर्शकको मनमा बस्न सफल अभिनेता हुन् प्रदीप खड्का । उनी यतिबेला चलचित्र लभस्टेशनको प्रचार प्रसारमा व्यस्त छन् । चैत २२ गते बाट अल नेपाल प्रदर्शनको तायारीमा रहेको चलचित्र लभस्टेशनमा प्रदीपको लगानीसमेत रहेको छ । लभस्टेशन पश्चात् पनि उनलाई लिएर चलचित्र निर्माण गर्ने निर्देशक निर्माताको कमी छैन ।
एक पछि अर्को चलचित्रका लागि उनलाई अफर आइरहेका छन् । बेला बेलामा विभिन्न निर्देशक निर्मातासँग प्रदीपको सम्बन्ध सुमधुर नभएको कुरा बाहिरिने गरेको छ तर प्रदीप भने आफूले काम गरेका निर्माता तथा निर्देशकसँग आफ्नो सम्बन्ध सुमधुर रहेको बताउँछन् ।
उनीसँग सम्बन्ध सुमधुर नभएका भनिएका निर्देशकहरुप्रति अभिनेता प्रदीप खड्काको धारणा के छ ? प्रस्तुत छ उनकै शब्दमा :
निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेन : चलचित्र ‘प्रेम गीत’ मेरा लागि करियरको सबै भन्दा महत्वपूर्ण चलचित्र हो र सुदर्शन दाइ मलाई कर्म दिने पिता हुनुहुन्छ । सन्तोष सेन पनि मेरो चलचित्र करियरकै महत्वपूर्ण व्याक्तित्व हो । आज म जुन स्थानमा छु सुदर्शन दाइ र सन्तोष दाइ कै कारण छु । सुदर्शन दाइमा क्रिएटिभ गर्ने अत्भूत क्षमता छ र म उहाँलाई सधै सम्मान गर्छु ।
जसरी सुदर्शन दाइ र सन्तोष दाइसँग मेरो सम्बन्धलाई लिएर विभिन्न नकारात्मक टिका टिप्पणीहरु आउने गरेका छन्, त्यसमा कुनै सत्यता छैन । हाम्रो फोनमा कुराकानी भइरहेको हुन्छ, विभिन्न कार्यक्रमहरुमा भेट भइरहेको हुन्छ । हामीबीचमा फेरि चलचित्र गर्ने विषयमा कुराकानी नभएको पनि हैन । सायद फेरि हामीले सँगै काम गर्ने निश्चित भएको दिन यस्ता जिज्ञासाहरु पनि सकिनेछन् भन्ने आशा राखेको छु ।
निर्देशक रामशरण पाठक : निर्देशक रामशरण पाठक नेपाली चलचित्र सँधै अर्ग्यानिक हुनुपर्छ भन्ने मान्यता राख्नु हुन्छ । चलचित्र प्रेमगीत पनि उहाँले नै लेख्नुभएको हो ।
चलचित्रमा अर्ग्यानिक कुरालाई कसरी क्रमबद्ध ढंगले प्रस्तुत गर्न सकिछ भन्ने क्षमता रामशरण सरमा छ । मैले प्रेम गीत २ बाट त रामशरण सरलाई अझै धेरै चिन्ने मौका पाएँ । उहाँसँग काम गरिरहँदाका मैले धेरै कुरा सिक्ने अवसर पाएको छु । प्रेमगीत २ मा काम गर्दा मैले म नेपाली चलचित्रमा अझै बढी सुरक्षित भएको अनुभव गरेको थिएँ ।
मैले पछिल्लो समय जुन चलचित्रमा काम गरिरहेको हुन्छु हरेक चलचित्रको स्क्रिप्ट रामशरण सरलाई देखाएकै हुन्छु र उहाँले दिनुभएका सल्लाह सुझाव अनुसार नै अघि बढीरहेको छु ।
उहाँले मलाई चलचित्र ‘सयकडा १०’ मा पनि अफर गर्नु भएको थियो तर मैले अर्को चलचित्रमा काम गर्ने पक्का भैसकेकोले र उहाँले पनि मलाई पर्खिने समय नभएकाले म उक्त चलचित्रमा काम गर्न असमर्थ भएँ । एउटा चलचित्रमा काम नगर्नेवित्तिकै सम्बन्ध नै बिग्रिएको भन्ने हुँदैन । म सधै उहाँलाई सम्मान गर्छु र निरन्तर गरिरहन्छु ।
निर्देशक मिलन चाम्स : मिलन सर र मेरो सम्बन्ध कहिल्यै नराम्रो भएको छैन । हामीबीच सँधैजसो कुराकानी भैरहेको हुन्छ । चलचित्रका विषयमा पनि कुराकानी भैरहन्छन् ।
मिलन चाम्स नेपाली चलचित्रलाई नेपालमा मात्र नभएर विश्वमाझ चिनाउनु पर्छ भन्ने भावना राख्नु हुन्छ । यही अनुसार उहाँ काम पनि गर्नुहुन्छ । चलचित्र लिलिबिलिलाई लण्डन, हङकङ, इंग्ल्याण्डजस्ता देशहरुमा छायांकन गरेर नेपाली चलचित्रमा पनि त्यस किसिमका क्वालिटी सम्भव छ भन्ने प्रमाणित गरिदिनु भयो । त्यसभन्दा अगाडी मिलन सरले गर्नु भएका चलचित्रहरुमा पनि त्यसै किसिमको क्वालिटी पाउन सकिन्छ । अब आउने दिनहरुमा पनि दिनमा पनि यदी कसैले नेपाली चलचित्र विश्वभर पुर्याउन सक्छ भने त्यो निर्देशक मिलन चाम्स हो ।
निर्देशक निरक पौडेल : निरक सरसँगको सम्बन्ध अन्यनिर्देशसँग भन्दा केही फरक भयो । निरक सर एकदमै शान्त स्वभावमा ध्यान पुर्याएर काम गर्ने निर्देशक हुनुहुन्छ । हतारमा कुनै पनि काम गर्नुहुन्न भन्ने उहाँको भावना छ ।
चलचित्र निर्देशन गर्ने शैली नै निरक सरमा फरक पाउने गरेको छु । उहाँको कार्यशैलीबाट म एकदमै प्रभावित पनि भएको छु । निरक पौडेलसँग काम गर्न पाउँदा म आफूले आफूलाई नै भाग्यमानी महसुस गर्ने गरेको छु ।
निर्देशक उज्वल घिमिरे : चलचित्र क्षेत्रमा उज्वल घिमिरे एक अनुभवी निर्देशक हुनुहुन्छ । सर उज्वल सरले पुरानो शैली अपनाएर पनि चलचित्र बनाउनु भएको छ भने अहिलेको जेनेरेशन सँग मिल्ने चलचित्र निर्माणमा पनि उहाँ माहिर हुनुहुन्छ । त्यसकै ज्वलन्त उदाहरण हो चलचित्र लभस्टेशन ।
March 10, 2019 10:16 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर