

प्रियंकासँगको विवाह रोक्न चाहन्थे निक

मुम्बई। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रियंका चोपडाका पति निक जोनासले आफ्नो फोटो शेयर गर्दै भावुक स्टाटस लेखेका छन्। निकले लेखेका छन्, ‘विश्वभरका सबैभन्दा अद्भूत महिलाकालागि महिला दिवसको शुभकामना। उनी (प्रियंका) इनक्रेडिबल महिला विश्वभरका धेरै महिलाकालागि उज्यालो र प्रेरणाको एक किरण हुन्। आइ लभ यू प्रियंका।’
प्रियंकाले पनि निकको स्टाटसको जवाफ दिँदै लेखेकी छन्, ‘तिमी सबैभन्दा असल पति हौ। धन्यवाद।’ सामाजिक संजाल प्रयोगकर्ताले भने किनको मजा उडाएका छन्। एक समाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, ‘हो अब आमालाई त बिर्सियौ नी अब!’ अर्का एक जनाले लेखेका छन्, ‘ह्याप्पी मदर्स डे…तिमी र तिम्रो मम प्रियंकलाई।’
अर्का एक जनाले लेखेका छन्, ‘तिम्री आमाको के हुन्छ, जसका कारण तिमी छौ? उनले तिमीलाई जन्म दिइन् तर तिमी महिला दिवसको अवसरमा पत्नीका विषयमा मात्र लेख्यौ।’
प्रियंका चोपडा र निक जोनासको विवाह जोधपुरको उमैद भवन प्यालेसमा १ र २ डिसेम्बर २०१८ मा भएको थियो। दुई वटा परम्परा अनुसार भएको विवाहका क्रममा यस्तो पनि अवस्था आएको थियो जब यो विवाह रोकिने अवस्था पनि आएको थियो। निक स्वयंले हलिउड च्याट शो द लेट लेट शो विद जेम्स कार्डन का क्रममा खुलासा गरेका हुन्। निकका अनुसार विवाहमा भएका धेरै प्रक्रियाले उनी हैरान भएका थिए। र उनको मनमा विवाद रोक्ने विचार पनि आएको थियो।
March 10, 2019 11:34 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

