बर्दियामा कक्षा ८ को प्रश्नपत्र चोरी, २ दिन परीक्षा स्थगित
बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा आइतबारदेखि सुरु भएको कक्षा ८ को नगरस्तरीय परिक्षाको प्रश्नपत्र विद्यालयबाट चोरी भएको छ ।
ठाकुरबाबा नगरपालिका ६ बकुवामा रहेको जनज्योति माध्यमिक विद्यालयको कार्यालय तोडफोड गरी सोमबार राति प्रश्नपत्र चोरी भएको हो ।
नचिनेका व्यक्तिले सोमबार राति विद्यालयको कार्यालयमा रहेको ढोकाको ताला तोडेर कक्षा ८ का अधिकांश विषयका प्रश्नपत्र चोरी गरेको नगर शिक्षा शाखा प्रमुख सीता भण्डारीले जानकारी दिनुभयो ।
प्रश्नपत्रसँगै विद्यालयमा रहेको एउटा ल्यापटपसमेत चोरी भएको विद्यालयले जनाएको छ । विद्यालयको ताला फोडेर प्रश्नपत्र चोरी भएको खबर प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली विद्यालय पुगेर अनुसन्धान सुरु गरेको छ ।
प्रश्नपत्र चोरी भएपछि मंगलबार र बुधबार दुईदिनका लागि परीक्षा स्थगित गरिएको र परीक्षा हुन बाँकी रहेका सबै विषयका प्रश्नपत्र पुनः नयाँ बनाएर बिहीबारदेखि नियमित सुचारु गरिने नगर शिक्षा शाखा प्रमुख सीता भण्डारीले बताउनुभयो ।
प्रश्नपत्र चोरी भएपछि मंगलबारको विज्ञान विषय र बुधवारको सामाजिक विषयको परीक्षा अन्तिम दिन पछि चैत ५ गते पछि हुने नगर शिक्षा शाखाले जनाएको छ । यसअघि जिल्ला स्तरीय परीक्षा हुँदै आइरहेको कक्षा ८ को परीक्षा स्थानीय सरकार भएपछि गएको वर्षदेखि ठाकुरबाबा नगरपालिकाले नगरस्तरीय परीक्षा लिन सुरु गरेको थियो ।
यसपटक ठाकुरबाबा नगरपालिकाबाट कक्षा ८ का १ हजार ४६० जना परीक्षार्थी मध्ये पहिलो दिन २३ जना परीक्षार्थी अनुपस्थित भएका थिए ।
March 12, 2019 12:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध