Sunday 13th July 2025

१० बर्ष देखि दाम्लोमा बन्धक बालक आर्थिक अभावले भएन उपचार सहयोगका लागि

6 years अगाडी

झापा। विगत १० बर्ष देखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जिवन विताइरहेका आइत बहादुरको अवस्था देख्दा जेकोहीको मन रुन्छ । शारीरिक रुपमा हिँडडुल समेत गर्न नसक्ने ११ बर्षिय आइतराज लिम्बु, उनका ८ महिनाका कान्छा भाई जसको जन्मदै माथिल्लो पट्टिको ओठ छैन ।

आर्थिक अवस्था कमजोर रहेको सो लिम्बु परिवार ५ बर्ष अगाडी ताप्लेजुङबाट बसाईसरी सडकको जमिनमा बस्दै आएको स्थानीये बताएका छन् । ‘ यो परिवारको अवस्था एकदमै नाजुक छ, यो परिवारका मुली मिलन लिम्बुले ५ सन्तान र श्रीमतिलाई ज्याला मजदुरी गरेर परिवारको पेट पालिरहेका छन् ।’ स्थानीय भन्छन् ‘ शारीरिक रुपमा असक्त माइला छोरा र ८ महिने कान्छा छोराको अवस्था देखेर पीडा हुन्छ ।’

पाँच सन्तानकी आमा सुनिताले आर्थिक अवस्था कमजोर भएको र श्रीमान्ले जसो तसो परिवारको पेट पालिरहेको बताएकी छिन् । उनले छोराहरुको अवस्थाले आफूलाई ठूलो पीडा भएको बताएकी छिन् । उनले छोराहरुको उपचार आप्mनो जिवनकै ठूलो इच्छा रहेपनि आर्थिक अवस्थाका कारण भक्कानिएर बस्नु बाहेकको विकल्प नरहेको बताइन् । सुनिताले डाक्टरले उपचार सम्भव रहेको बताएको समेत जानकारी दिइन् ।

आइतराज र उनका कान्छो भाईको स्वास्थ्य उपचार गर्न आफूहरुसँग कुनै उपाय नभएको बताउँदै उनीहरुका आमा सुनिताले उपचारको प्रवन्ध मिल्न सक्दा ठूलो गुन हुने बताइन् । साथै उनले सहयोगका लागि सबै सहयोगी मनहरुसँग अनुरोध समेत गरेकी छन ।

          March 12, 2019 12:59 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...