सिकेलाई गोली ठोक्नुपर्छ, ओलीलाई देश निकाला : बहिर्गमित जनमुक्ति सेनाका महासचिव !
बहिर्गमित जनमुक्ति सेनाले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति राष्ट्रघाती भएको भन्दै आपत्ति जनाएको छ । उक्त सम्झौता फिर्ता लिन समेत माग गरेको छ । बहिर्गमित जनमुक्ति सेना नेपालका महासचिव राजन थापा ‘सुवास’ले सिकेसँग भएको ११ बुँदे सम्झौता राष्ट्रघाती भएको बताएका छन् ।
उनले सम्झौता फिर्ता लिनुपर्ने माग पनि गरेका छन् । सुवासले सिके विखण्डनकारी भएको बताउँदै सरकारले सम्झौता गरेर गल्ती गरेको बताए । अनलाईन डबलीसँग कुरा गर्दै महासचिव सुवासले सिकेसँग भएको सम्झौता फिर्ता नगरेपछि प्रधानमन्त्री ओलीविरुद्ध देशद्रोहको मुद्दा लगाउने पर्ने बताएका छन् ।
“मेधसलाई अलग बनाउन खोज्ने सिके राउत विखण्डनकारी हुन् । उनलाई कारवाही गर्नुपर्छ । तर, सरकारले उल्टै सम्झौता गरेर विखण्डनकारीलाई संरक्षण दिएको छ । ११ बुँदे सम्झौता फिर्ता लिन नलिए प्रधानमन्त्री ओलीलाई देशद्रोहको मुद्दा लगाउनु पर्छ” सुवासले भने । उनले सिकेले जनकपुरमा देखाएको पछिल्ला हर्कतले ११ बुँदे सहमतिको भित्री कुरा भएको बताए ।
मधेसलाई सिक्मिकरण गर्ने योजनासहति मधेस घुसेका सिकेसँग सम्झौता सरकारले गल्ती गरेको बताए । देश टुक्रयाउने सिकेलाई सरकारले नै सहयोग पुग्नेगरी सम्झौता गरेको सुवासको दाबी छ ।
नेपाल मेरो देश होइन भन्दै मधेस टुक्रयाउन माग गर्ने सीकेलाई गोली ठोक्नु पर्ने बताउँदै सुवासले मूलधारमा ल्याएको भन्दै सरकारले संरक्षण दिएको आरोप लगाए । उनले जनतालाई सचेत हुन आग्रह समेत गरे । “यो सम्झौता राष्ट्रघाती छ । सरकारले फिर्ता लिनुपर्छ, यदि नलिएपछि प्रधानमन्त्रीज्यूविरुद्ध देशद्रोहको मुद्दा लगाउनु पर्छ ।”
महासचिव सुवासले सिके राउतले आइतबार जनकपुर गरेको प्रदर्शन आपत्तिजनक भएको बताए । सरकारले मुलधारको राजनीतिमा आएको भनेपछि सिकेले स्वतन्त्र मधेसको नारा लगाउनुले ११ बुँदेको भित्री कुरा सडकमै पुगेको सुवासको दाबी छ ।प्रधानमन्त्री ओलीले पदको दुरुपयोग गरेर जनयुद्ध नेतृत्वकर्ता प्रचण्डलाई सिकेसँग तुलना गरेको भन्दै सुवासले आपत्ति जनाए ।
“जनयुद्धको नेतृत्वकर्ताहरुलाई विखण्डनकारी सिकेसँग तुलना गर्न मिल्छ ?” सुवासले प्रश्न गरे । विखण्डनकारीलाई देशप्रेमी देख्ने भए प्रधानमन्त्री नै राष्ट्रघाती हुने सुवासले आरोप लगाए । सिकेका पछिल्ला गतिविधिले ११ बुँदे सहमति भारतले तयार पारेर पठाएकै हो त ? भन्ने प्रश्न खडा भएको बताए ।
March 12, 2019 1:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध