Sunday 15th March 2026

म्याग्दीको पर्यटकीय क्षेत्रमा सडक निर्माण

7 years अगाडी

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको पर्यटकीयस्थल बाराही ताल जानका लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजित रु तीन लाख र स्थानीयवासीकोे रु २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पुकार घर्तीले जानकारी दिए ।

अध्यक्ष घर्तीले दिएको जानकारीअनुसार देउगोरे, झाम्ताबोट र दास हुँदै बाराही तालसम्मका लागि ८०० मिटर सडक निर्माण गरिएको हो । सडकको चौडाइ छ मिटर फराकिलो बनाइएको छ । पछिल्लो समय पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवद्र्धन गर्न मोटरबाटो निर्माण गरिएको वडाध्यक्ष टङ्कप्रसाद पुनमगरले बताए । साथै, तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरी बगैँचा निर्माण गर्न वडा कार्यालयबाट रु तीन लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष पुनमगरले जानकारी दिए ।

यसैगरी बराही तालको पर्यटन प्रवद्र्धन गर्न बाराही ताल हुँदै छिमेकी जिल्ला ताराखोला गाउँपालिकाको देउरालीसम्म मोटरबाटो निर्माण हुने उनले जानकारी दिए । बराही ताल जानका लागि यसअघि वडा कार्यालयद्वारा पदमार्ग निर्माण गरिएको छ ।

          March 13, 2019 10:09 am | समाचार



प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...