Sunday 15th March 2026

भरतपुर महानगरपालिका को कार्यालयमा रातकाे १२ बजे बम विस्फोट !

7 years अगाडी

अज्ञात समूहले चितवनको भरतपुर महानगरपालिका वडा नं ५ को कार्यालयमा बम विस्फोट गराएको छ । गएराति १२ : १५ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनास्थलमा सिलिण्डर ग्यासको टुक्रा फेला परेको चितवन प्रहरीले जनाएको छ । विस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ । विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।

विस्फोट लग्गतै भएको आगलागी महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।

घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको र विस्फोट कसले र किन गरयाे भन्नेबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

          March 13, 2019 10:16 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...