

खुट्टैले खाने खुट्टैले लेख्ने ! यस्तो अवस्थामा आमाले छोडिन्, यति राम्री पवित्राको दुवै हात छैनन् (हेर्नुहोस् भिडियो)

१२ बर्षकी पवित्रा विक । बाबा ममीको काखमा बसेर खेल्ने पढ्ने उमेरकी । साथीभाईसँग रमाईलो गर्ने बेलाकी । तर यी सबै रहर उनका लागि रहरमै सिमित छन् । अहिले उनलाई उनका दुई हातको साथ मात्रै होईन बाबा ममीको अपार माया पनि चाहिएको छ ।
पवित्राको लागि उनका दुई हात मात्रै होईन आँफैलाई जन्मदिने बाबा ममिको काख पनि अहिले टाढा छ । ममि कृष्णा विक पैसा कमाउन विदेश गएकी छन् । बाबा ओम बहादुर विक गाडी चलाउने काम गर्छन् । दुबै जना पवित्रा भन्दा टाढा छन् । पोखरा बसाईंको रुट पर्दा बाबा पवित्रालाई भेट्न आउछन् तर ममीसँग भेट नभएको बर्षौ भयो ।
उनि अहिले ७४ वसन्त पार गरेकी हजुरआमासँग बस्दै आएकी छन् । ‘बाबा आउँदा मिठामिठा खानेकुरा ल्याईदिनुहुन्छ’ उनले भनिन्, ‘ममिसँग बेलाबेलामा कुरा भईरहेको छ ।’ कुरा गर्दागर्दा हजुरआमाको मोवाईलमा फोन आयो । पवित्राले फोन रिसिभ गरिन् । ममीको जस्तो आवाज लागेर निकै खुसी हुँदै कुरा गर्न तम्सिन् । तर कसैले गलत नम्वर डायल गरेछ । ममीसँग बोल्ने उनको रहर एकाएक चकनाचुर भयो । उज्यालो अनुहार त्यसै मिलन बन्दै गयो ।
पवित्रा पोखराकै एक स्थानीय बिद्यालयमा कक्षा पाँचमा पढ्दैछिन् । उनी शारिरीक रुपमा अशक्त छिन् । खुट्टाले लेख्छिन् । खुट्टाले कति राम्रो चित्र कोर्छिन् । सामान्य रुपमा हामीले दुई हातले गर्ने कतिपय काम उनी खुट्टाले नै गर्छिन् । सामान्य मान्छेको दाहिने हात सकृय भए जस्तै गरी उनको भने देब्रे खुट्टा सकृय हुन्छ । उनी देब्रे खुट्टाले नै लेख्छिन् । खुट्टैले खाने खुट्टैले लेख्ने ! यस्तो अवस्थामा आमाले छोडिन्, यति राम्री पवित्राको दुवै हात छैनन्…हेर्नुहोस् भिडियो
March 13, 2019 10:30 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

