अमेरिकाको एउटा शहरमा बाख्रालाई बनाइयो मेयर
एजेन्सी । अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरमा एक बाख्रालाई मेयर बनाइएको छ।मेयर चुन्नका लागि चुनाव गरिएको थियो।मेयरका लागि १६ वटा अन्य जनावर पनि उम्मेदवार बनाइएका थिए।उम्मेदवारका लागि कुकुर र बिरालालाई पनि समावेश गराइएको थियो।
अन्तिममा तीन वर्षको लिंकन नामको बाख्रा सहरको मेयर बन्यो।लिकंन १३ भोट ल्याएर मेयर बनेको हो।उनको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरले १० भोट लिएर हार खानुपर्यो।अरु उम्मेदवारहरुले जम्मा ३० भोट मात्र प्राप्त गरे। लिंकनको कार्यकाल १ वर्षको हुनेछ।
लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो।लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ। अब लिंकन सहरमा हुने कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ। फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास छ।यहाँ अहिलेसम्म कोही मेयर बनेका छैनन्।
टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो।सोही अनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन्।
March 13, 2019 10:36 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने