रोनाल्डोको ह्याट्रिक, युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतते युभेन्टस एट्लेटिको मड्रिडलाई पाखा लगाउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ गोलले युभेन्टसले अन्तिम आठमा स्थान बनाएको हो ।
पहिलो लेगमा २–० ले पछि रहेको युभेन्टसले घरेलु मैदानमा खेलको २७ औं मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत टिमका लागि पहिलो गोल गरे ।
पहिलो हाफमा एक गोलमात्र गरेको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ४८ औं मिनेटमा पुनः रोनाल्डोले नै युभेन्टसका लागि गोल गर्दै खेल २–० को अवस्थामा पुर्याए । जसका कारण खेल समग्रमा २–२ का अवस्थामा पुग्यो ।
८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले नै गोल गर्दै ह्याट्रिक पूरा गरे । जसका कारण युभेन्टस च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्न सफल भयो । रोनाल्डोका कारण एट्लेटिकोले पहिलो लेगको २–० गोलको अग्रता खेर फाल्यो ।
March 13, 2019 10:42 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी