गर्भवती भएको हल्लाका बिच प्रियंका आमालाई लिएर गइन् अस्पताल
एजेन्सी । बलिउड अभिनेता प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी एक पटक चर्चामा आएको छ । यस अघि उनले लगाएको लुगाका कारण पनि उनी गर्भवति भएको चर्चा चलेको थियो ।
त्यो कुराको उनले खण्डन गरेकी थिइन् । अहिले फेरी उनी आमालाई लिएर अस्पताल गएपछि गर्भवतीको चर्चा फेरी सुरु भएको छ । अस्पताल गएको कारण नखुलाएका कारण पनि उनी गर्भवती भएको चर्चा सुरु भएको हो ।
अमेरिकी गायक निक जोनससँग विवाह गरेको गरेको केही समयमै प्रियंका भर्गवती भएको चर्चा बलिउड सिने जगतमा चल्न थालेको हो। सुरुमा उनी अस्पताल किन पुगिन भन्ने कुरालाई गोप्य राखेपछि चर्चा गर्नेहरुलाई झन मलजल गरेको
छ ।
छोरीलाई अस्ताल लिएर गएको विषयमा प्रियंकाकी आमा मधु चोपडाले भने मुख खोलेकी छन्। उनले आफुहरु अस्पताल जानुको कारण खुलाउँदै प्रियंका गर्भवती भएको कुरा हल्ला मात्रै भएको स्पष्ट परेकी छन्।
उनले आफूहरु विरामी आफन्तलाई भेट्न अस्पताल गएको पुष्टि गरेकी छन् । ‘हामी अस्पतालमा विरामी आफन्तलाई भेट्न गएका हौँ’, उनले भनेकी छन्’, ‘यसमा प्रियंकाको गर्भवती हुनेसँग कुनै सम्बन्ध छैन।
उनले प्रियंकाको विवाह भएको केही महिनामै गर्भवती भएको भन्दै हल्ला चलाउनु बेवकुफी भएको बताइन्। प्रियंकाको विवाह जोनसँग २०१८ को अन्तिममा भएको थियो।
March 13, 2019 1:30 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री