आफ्नै आमाले छोरीलाई मृगौला दिन नमानेपछि, रोइरहेकी बुहारीलाई सासुले भनिन्, ‘म जिउँदे छु छोरी चिन्ता नगर’ !
सासु बुहारी प्राय कसैको पनि मिल्दैनन् । हामीले हाम्रै घरमा पनि देख्ने गरेको छौँ सासु बुहारीको झगडा । तर कुनै यस्ता सासु बुहारी हुन्छन् । जसको प्रेम आफ्नो जन्मदिने आमाको भन्दा धेरै । जुन माया प्रेम संसारको लागि उदाहरणय बनेको हुन्छ । यस्तै राजस्थानको गान्धी नगरकी एक युवती दुबै मृगौला खराब भएर पिडित भएकी थिइन् ।
उनले आफ्नो आमालाई मृगौला दिन आग्रह गरिन तर आमाले छोरीलाई मृगौला दिएर बचाउन नचाहेपछि निकै रोइरहेकी बुहारी देखेर सासुले आफ्नो बुहारीको लागि मृगौला दिने निर्णय गरिन् । बुहारी रोएको देखेपछि सहन नसकेकी सासुले नरोउ छोरी म जिउँदै छुु म दिन्छु तिमीलाई मृगौला । अन्तत : आफ्नो बुहारीको ज्यान बचाउनको लागि हदै सम्म प्रयास गरेकी सासुले बुहरीलाई मृगौला दिएर बचाइन् ।
बिगत १ वर्ष देखि मेटिकेशनको सहयोगमा बाँचिरहेकी थिइन् सोनिका । दुवै मृगौला खराब भएकी सोनीकाको दुई विकल्पमा मात्र थिए । एउटा नयाँ मृगौला प्रत्यारोपन गर्ने र अर्को बाँचुनजेलसम्म पुराने मृगौला डाइलसिस गर्ने । डाइलसिस निकै कम समयको लागि मात्र प्रयोग हुने गर्दथ्यो ।
अन्तत उनलाई बचाउने एउटा मात्र उपाय थियो मृगौला प्रत्यारोपन गर्नु ।१३ सेप्टेम्बरमा दिल्लीको ओपोलो अस्पतालमा सासुको एउटा मृगौला बुहारी सोनीकालाई प्रत्यारोपन गरिएको छ । सोनिका अहिले स्वस्थ भइसकेकी छन् । उनले सात जनम सम्म यहि सासुको बुहारी बन्न पाउ भनि भगवानसँग आग्रह गरेकी छन् ।
March 14, 2019 12:22 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी